शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
३५ पटक हेरिएको
Shares
शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक

सारांश

  • जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक पुगेको हो ।
  • भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक समय अगावै उपलब्ध गराएका हुन् ।
  • यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने सङ्खुवासभामा यो पटक नयाँ शैक्षिकसत्र सुरु नहुँदै गाउँगाउँमा पाठ्यपुस्तक पुगिसकेका बिक्रेताले जनाएका छन् ।

किमाथाङ्का (सङ्खुवासभा), २७ चैतः

यस वर्ष शैक्षिकसत्र सुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक पुगेको हो । भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक समय अगावै उपलब्ध गराएका हुन् ।

यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने सङ्खुवासभामा यो पटक नयाँ शैक्षिकसत्र सुरु नहुँदै गाउँगाउँमा पाठ्यपुस्तक पुगिसकेका बिक्रेताले जनाएका छन् । सदरमुकाम खाँदबारीका पुस्तक व्यवसायीले सरकारी बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरिरहेका व्यवसायी कृष्ण भण्डारीले बताउनुभयो । सामूहिक लगानीमा बिक्रीकक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालिएको उहाँको भनाइ छ ।

भण्डारीले जिल्लाका १० वटै स्थानीय तहमा ८० प्रतिशत बढी पुस्तक पुगिसेको जानकारी दिनुभयो । उहाँका अनुसार अन्य स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका छन् । सङ्खुवासभामा प्रतिकक्षा दुई हजार ५०० सयका दरले पुस्तक आवश्यक पर्दछ । सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको व्यवसायीको भनाइ छ । यो वर्ष जिल्लामा वैशाख १ गतेभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने गरी वितरण भइरहेको भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध  उजुरी आह्वान गर्ने निर्णय
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय
आज चैते दसैं पर्व मनाइँदै
आज चैते दसैं पर्व मनाइँदै
झिनो अंकले घट्यो नेप्से, ६ अर्बको मात्र कारोबार
झिनो अंकले घट्यो नेप्से, ६ अर्बको मात्र कारोबार
प्रधानमन्त्री शाह र भारतीय स्थल सेना प्रमुख सेठबीच भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय स्थल सेना प्रमुख सेठबीच भेटवार्ता
कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
शेरबहादुर देउवाको धनगढी निवास अगाडि बम राखेको आरोपमा युवक पक्राउ
शेरबहादुर देउवाको धनगढी निवास अगाडि बम राखेको आरोपमा युवक पक्राउ
काठमाडौं महानगरका मेयर शाहले आफ्नो आलोचना गर्ने चार समितिका संयोजक हटाए
काठमाडौं महानगरका मेयर शाहले आफ्नो आलोचना गर्ने चार समितिका संयोजक हटाए
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै