काठमाडौं महानगरका मेयर शाहले आफ्नो आलोचना गर्ने चार समितिका संयोजक हटाए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
२८ पटक हेरिएको
Shares
काठमाडौं महानगरका मेयर शाहले आफ्नो आलोचना गर्ने चार समितिका संयोजक हटाए

सारांश

  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो आलोचना गर्ने कार्यपालिकाअन्तर्गतका चार समितिका संयोजक हटाएका छन् ।
  • आफूलाई हटाएपछि उनीहरूले कार्यपालिका बैठक छल्न यस्तो कदम चालिएको प्रतिक्रिया दिएका छन् ।
  • वडा नम्बर १७ का अध्यक्षसमेत रहेका महानगरका प्रवक्ता नवीन मानन्धरले पाँच महिनासम्म पनि कार्यपालिका बैठक बोलाउन नसकेको विषयलाई ‘डाइभर्ट’ गर्न आलोचना गर्ने वडाध्यक्षलाई हटाएको दाबी गरे ।

२ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो आलोचना गर्ने कार्यपालिकाअन्तर्गतका चार समितिका संयोजक हटाएका छन् । आफूलाई हटाएपछि उनीहरूले कार्यपालिका बैठक छल्न यस्तो कदम चालिएको प्रतिक्रिया दिएका छन् । वडा नम्बर १७ का अध्यक्षसमेत रहेका महानगरका प्रवक्ता नवीन मानन्धरले पाँच महिनासम्म पनि कार्यपालिका बैठक बोलाउन नसकेको विषयलाई ‘डाइभर्ट’ गर्न आलोचना गर्ने वडाध्यक्षलाई हटाएको दाबी गरे । पुस ८ गतेपछि कार्यपालिका बैठक नबसेको मानन्धरले बताए ।

“मिल्ने भए मलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउँथे होला । तर, यसका लागि कार्यपालिका बैठकले निर्णय गर्नुपर्छ । पाँच महिनादेखि नबसेको कार्यपालिका बैठक डाइभर्ट गर्न खोजियो,” उनले भने । वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले पनि महानगर नियमसंगत तरिकाले चल्न नसकेको बताए । “कुन नियममा टेकेर समिति बनेको थियो, फेरि कसरी हटाइयो ? बस यति हो महानगर नियमले चल्नुपर्छ भन्दै आएकामात्रै हौँ । लिखितरूपमा कार्यपालिका माग गर्दा पनि बैठक किन बस्न सकेन ?,” उनले प्रश्न गरे । महानगरका अनुसार, नगर कार्यपालिका कार्यसम्पादन नियमावली, २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) मा टेकेर नयाँ संयोजक तोकिएको छ ।

जसमा सूचना प्रविधि समितिका संयोजक तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरलाई हटाएर ५ नम्बर वडाका अध्यक्ष वीरेन्द्र प्रजापतीलाई जिम्मेवारी दिइएको छ ।  सुशासन समितिका संयोजक वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीलाई हटाएर वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा वडा नम्बर ८ का अध्यक्ष आशामान संगतको ठाउँमा वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी तोकिएको छ । विधायन समितिमा वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनलाई हटाएर वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई संयोजक तोकिएको छ । समितिबाट हटाइएका वडाध्यक्षले बालेनको आलोचना गर्दै आएका थिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरमा हाजिर गराउन चारैजना वडाध्यक्ष अग्रपंक्तिमा थिए । त्यसयता बालेन र वडाध्यक्षहरूबीच ‘ट्युनिङ’ मिल्न छोडेको थियो । बालेनले कार्यपालिका बैठक नबोलाएसम्म अन्य बैठक बहिस्कार गर्ने घोषणा वडाध्यक्षहरूले गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
  विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
थाइल्याण्डबाट नेपालमा २२ किलो गाँजा तस्करी, विमानस्थलबाट समातिए दुई भारतीय
थाइल्याण्डबाट नेपालमा २२ किलो गाँजा तस्करी, विमानस्थलबाट समातिए दुई भारतीय
पहिरोले राप्ती राजमार्ग अवरुद्ध
पहिरोले राप्ती राजमार्ग अवरुद्ध
मङ्सिर १२ भित्र वक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह
मङ्सिर १२ भित्र वक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छ : सभामुख घिमिरे
फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छ : सभामुख घिमिरे
मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु
मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो