Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छ : सभामुख घिमिरे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
४७ पटक हेरिएको
Shares
फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छ : सभामुख घिमिरे

सारांश

  •   सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन् ।
  • शनिबार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  •   उनले फोटो पत्रकारहरूको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरू गरेको भए पनि फोटो पत्रकारिताको विकासमा रहेका व्यवधानहरू हटाएर अघि बढाउन जरुरी रहेको बताए ।

 

१३ वैशाख, काठमाडौं । 

सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन् । शनिबार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले फोटो पत्रकारहरूको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरू गरेको भए पनि फोटो पत्रकारिताको विकासमा रहेका व्यवधानहरू हटाएर अघि बढाउन जरुरी रहेको बताए ।

उनले फोटो पत्रकारिता जिउँदो इतिहास भएको उल्लेख गर्दै समाजको चित्रणलाई यथार्थमा उतार्नसक्ने र यथार्थबाट भविष्यलाई देखाउन सक्ने कुरा नै फोटो पत्रकारिता भएको उल्लेख गरे । सभामुख घिमिरेले पत्रकारिताको महत्त्व बुझेर नेपालमा लोकतान्त्रिक गणतन्त्रको घोषणा पश्चात् मात्रै उपयोग गरिएको बताए ।  मिडियाको महत्त्व नबुझ्ने समाजबाट अहिले फोटो पत्रकारिताको महत्त्व बुझ्ने ठाउँमा आइपुगेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?