प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
१२० पटक हेरिएको
Shares
प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइँदै

सारांश

  • नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
  • वि.
  • सं.

काठमाडौं ।

नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । वि.सं. २०३९ साउन ६ गते ६८ वर्षको उमेरमा निधन भएका बीपी कोइरालालाई नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताका रूपमा स्मरण गरिन्छ ।

वि.सं. २०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । आफ्नो कार्यकालमा उनले बिर्ता उन्मूलन तथा ‘जमिन जोत्नेको’ भन्ने ऐतिहासिक भूमिसुधार कार्यक्रम अघि बढाएका थिए । प्रजातन्त्र, राष्ट्रियता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका पक्षधर बीपीले नेपालको लोकतान्त्रिक आन्दोलनलाई नयाँ दिशा दिएका थिए । राजनीतिसँगै साहित्य क्षेत्रमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ ।

बीपीको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, उसका भ्रातृ तथा शुभेच्छुक संस्थालगायत विभिन्न संघसंस्थाले देशभर विचार गोष्ठी, श्रद्धाञ्जलि सभा, पुष्पाञ्जलि तथा स्मरण कार्यक्रम आयोजना गरेका छन् । यसवर्ष नेपाली कांग्रेसले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ । आज बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा लगायतका नेता–कार्यकर्ताहरु सहभागी भएका थिए । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ‘ग्रिन रन’ आयोजना गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
कानेपोखरीमा डुबेर एक जनाको मृत्यु
कानेपोखरीमा डुबेर एक जनाको मृत्यु
यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरु [सूचीसहित]
यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरु [सूचीसहित]
पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु
पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
पठाओका हाकिम बस्न्यातले गरे काठमाडौं १ बाट चुनाव लड्ने घोषणा
पठाओका हाकिम बस्न्यातले गरे काठमाडौं १ बाट चुनाव लड्ने घोषणा
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
अध्यक्ष प्रचण्डले गरे नयाँ क्रान्तिकाे उद्घोष, कुनै तागतले रोक्न नसक्ने चेतावनी
अध्यक्ष प्रचण्डले गरे नयाँ क्रान्तिकाे उद्घोष, कुनै तागतले रोक्न नसक्ने चेतावनी
प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन : सञ्चारमन्त्री
प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन : सञ्चारमन्त्री
वित्तीय समानीकरण अनुदान कटौती विरोधमा अर्थ मन्त्रालयमा प्रदर्शन
वित्तीय समानीकरण अनुदान कटौती विरोधमा अर्थ मन्त्रालयमा प्रदर्शन