कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृ*त्यु, उक्त औषधि नेपालमा पनि छ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
२६ पटक हेरिएको
Shares
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृ*त्यु, उक्त औषधि नेपालमा पनि छ?

सारांश

  • खोकीको उपचारका लागि भन्दै दिइएको औषधिनै विषाक्त हुँदा पाँच वर्ष मुनिका १८ जनाको मृत्यु भएपछि प्रहरीले औषधि प्रेस्काइब गर्ने चिकित्सकदेखि औषधि उत्पादक कम्पनीका सञ्चालकलाई प्रक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।
  • कफ सिरपमा अत्याधिक मात्रामा डाइथिलिन ग्लाइकोल भेटिएको थियो।
  • जसका कारण बालबालिकाको मिर्गौला फेल भएर मृत्यु भएको छ।

२१ असोज, काठमाडौं- 

खोकी तथा रुघाको औषधि (कफ सिरप) सेवनका कारण भारतमा हालै मध्य प्रदेश र राजस्थानमा कम्तीमा १८ बच्चाहरूको मृत्यु भएको छ। खोकीको उपचारका लागि भन्दै दिइएको औषधिनै विषाक्त हुँदा पाँच वर्ष मुनिका १८ जनाको मृत्यु भएपछि प्रहरीले औषधि प्रेस्काइब गर्ने चिकित्सकदेखि औषधि उत्पादक कम्पनीका सञ्चालकलाई प्रक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।

कफ सिरपमा अत्याधिक मात्रामा डाइथिलिन ग्लाइकोल भेटिएको थियो। जसका कारण बालबालिकाको मिर्गौला फेल भएर मृत्यु भएको छ। भारतको तामिलनाडुमा रहेको स्रेसन फर्माले उत्पादन गरेको कफ सिरप ‘कोल्ड्रिफ’मा डाइथिलिन ग्लाइकोलको मात्रा सुरक्षित सीमाबाट लगभग ५०० गुणा बढी पाइएको छ।  ‘कोल्ड्रिफ सिरपमा विषाक्त रसायन डाइएथिलिन ग्लाइकोल (डिइजी) को ४८.६ प्रतिशत मात्रा भेटिएको छ, जसले मिर्गौला र कलेजोमा गम्भीर क्षति पुर्‍याउँछ,’  भारतीय सञ्चार माध्यमलले लेखेका छन्, ‘यो सिरप स्रेसन फर्माले उत्पादन गरेको हो।’

भारतमा बालबालिकाको मृत्यु गराउने उक्त कफ सिरप नेपालमा पाइन्छ?

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल भन्छन्- ‘उक्त औषधि नेपालमा पाइँदैन। त्यो औषधि नेपालमा दर्ता नै भएको छैन। दर्ता नभएको औषधि नेपालमा बिक्री वितरण गर्न पाइँदैन।’ उनले भारतमा बालबालिकाको मृत्युको समाचार आएपछि यस विषयमा चासो राख्नेहरु बढीरहेकाले विभागले यस विषयमा केही सूचना सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिए। भारतमा उत्पादन हुने कफ सिरपमा यस अघि पनि समस्या देखिएको थियो। दुई वर्ष अघि पनि भारतीय कम्पनीले उत्पादन गरेको चार वटा ब्रान्डका कफ सिरपको सेवनपछि गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको थियो। ती औषधि पनि नेपालमा उपलब्ध थिएनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की
बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की
पेट्रोल र डिजलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो
पेट्रोल र डिजलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो
रौतहटमा छुरा प्रहार गरी युवकको हत्या
रौतहटमा छुरा प्रहार गरी युवकको हत्या
काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद
काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद
इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु
इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च
आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री
आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री
न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा, रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा, रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या