पत्रकार यादवमाथि आक्रमण गर्ने नवल किशोर पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २८, २०८०
|
|
२९ पटक हेरिएको
Shares
पत्रकार यादवमाथि आक्रमण गर्ने नवल किशोर पक्राउ

सारांश

  • माैसम झा सिरहाको औरहीमा पत्रकार सन्तोष यादवमाथि सांघातिक आक्रमण गर्ने नवल किशोर यादव पक्राउ परेका छन् ।
  • चिया पिउने क्रममा पत्रकार यादवमाथि गाँजा काट्ने धारिलो हतियार प्रहार गर्ने प्रयास भएको थियो ।
  • घटनापछि नवल किशोर यादव र उनका भतिजा प्रभु यादवलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

पत्रकार यादवमाथि आक्रमण गर्ने नवल किशोर पक्राउ

जनकपुरधाम। माैसम झा

सिरहाको औरहीमा पत्रकार सन्तोष यादवमाथि सांघातिक आक्रमण गर्ने नवल किशोर यादव पक्राउ परेका छन् । चिया पिउने क्रममा पत्रकार यादवमाथि गाँजा काट्ने धारिलो हतियार प्रहार गर्ने प्रयास भएको थियो । घटनापछि नवल किशोर यादव र उनका भतिजा प्रभु यादवलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । नवल किशोर यादवले सामाजिक संजालमा पत्रकार यादवको चरित्रहत्या गर्नेगरी अपशब्दहरु लेखेका थिए । सो विषयमा विवादपछि हातहालाहालको स्थित सृजना भएको थियो । स्थानीयले घटना शान्त पारिसकेको अबस्थामा नवल किशोर यादवका भतिजा प्रभु यादवले पत्रकार यादवको गर्दनमा धारिलो हतियार प्रहार गरेको बुझिएको छ । हतियार प्रहारबाट गर्दनमा हल्का घाउ लागेको छ । घटनापछि प्रहरीले नवल किशोर यादव र उनका भतिजालाई पक्राउ गरेपछि अबस्था सामान्य बनेको छ । नवल किशोर यादव चरित्रहीन व्यक्ति रहेको स्थानीय बताउँछन् । केहि पहिला गाउँमै एक व्यक्तिको घरमा रातिको समयमा गलत नियतले पसेपछि उनलाई गाउँलेले बाँधेर जरिवाना गरेको थियो । उनी सामाजिक संजालमा जथाभावी लेखेकै कारण पटक पटक विवादमा पर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग
राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग
आयोगले सहसचिवका लागि ११ जनालाई  सिफारिस
आयोगले सहसचिवका लागि ११ जनालाई सिफारिस
मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै
मधेश सरकारबाट बाहिरियो माओवादी
मधेश सरकारबाट बाहिरियो माओवादी
त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन
शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन
यात्रु बस र इभि हाइस आपसमा ठोक्किँदा एक भारतीयको मृत्यु, ९ जना घाइते
यात्रु बस र इभि हाइस आपसमा ठोक्किँदा एक भारतीयको मृत्यु, ९ जना घाइते
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर