अब सवारी लाइसेन्सको अवधि १० वर्ष

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १७, २०८२
|
|
२२ पटक हेरिएको
Shares
अब सवारी लाइसेन्सको अवधि १० वर्ष

सारांश

  • अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ ।
  • सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ ।
  • सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ ।

१७ वैशाख, काठमाडौं ।

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ । यसलाई बदलेर केही नेपाल ऐन संशोधन विधेयकमार्फत १० वर्ष बनाइएको हो । प्रचलित ऐनको दफा ५४ मा चालक अनुमतिपत्रको वैधता सम्बन्धी व्यवस्था छ । दफा ५४ को उपदफा ३ मा भनिएको छ, ‘चालक अनुमतिपत्र दिइएको मितिले पाँच वर्षसम्म बहाल रहनेछ ।’

प्रचलित व्यवस्थामा संशोधन गर्दै विधेयकमा भनिएको छ, ‘ दफा ५४ को उपदफा ३ मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दहरूको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्दहरू राखिएका छन् ।’ यो प्रस्तावसहितको विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो । पारित विधेयक अनुसार नविकरण गर्दा पनि दश वर्षका लागि निवकरण हुनेछ । यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए । २६ वैशाख २०८० मा यो विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो । दफाबार छलफलका लागि प्रतिनिधि सभाले विषयगत समितिमा २९ भदौ २०८० मा पठाइएको थियो । समितिबाट पास भएर सभामा १४ वैशाख २०८१ मा पुगेको थियो । मंगलबार प्रतिनिधि सभाले पारित गरेको छ । अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
धनुषाको औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार
धनुषाको औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार
भेडेटार स्काईवाक आजदेखि सञ्चालनमा 
भेडेटार स्काईवाक आजदेखि सञ्चालनमा 
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
कांग्रेस संसदीय बोर्डको बैठक सर्‍यो, भोलि मात्रै उम्मेदवार तय गर्ने गगनको तयारी
कांग्रेस संसदीय बोर्डको बैठक सर्‍यो, भोलि मात्रै उम्मेदवार तय गर्ने गगनको तयारी
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
पश्चिम नवलपरासीमा प्रहरीको गोली लागेर एक जना घाइते
पश्चिम नवलपरासीमा प्रहरीको गोली लागेर एक जना घाइते
नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए
नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए
यस्तो छ तपाईंको आजको राशिफल
यस्तो छ तपाईंको आजको राशिफल
धरानका मेयर हर्क साम्पाङले माफी मागेपछि कार्यपालिका बैठक सुरु
धरानका मेयर हर्क साम्पाङले माफी मागेपछि कार्यपालिका बैठक सुरु