कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १८, २०८०
|
|
४१ पटक हेरिएको
Shares
कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द

सारांश

  • हेटौँडालाई काठमाडौँसँग जोड्ने कुलेखानी-सिस्नेरी – छैमले – दक्षिणकाली सडकमा आजदेखि अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ ।
  • सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो ।
  • हाल उक्त सडकखण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्र तयारी भइरहेकाले सवारी आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका-३ का वडाध्यक्ष प्रताप भोम्जनले जानकारी दिए ।

१८ चैत, हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने कुलेखानी-सिस्नेरी – छैमले – दक्षिणकाली सडकमा आजदेखि अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ ।

सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो । हाल उक्त सडकखण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्र तयारी भइरहेकाले सवारी आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका-३ का वडाध्यक्ष प्रताप भोम्जनले जानकारी दिए । उनले कालोपत्र सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिने बताए । यसअघि यही चैतको पहिलो साताबाट कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकको सिस्नेरी सडकखण्डमा निर्माण सम्पन्न नभएसम्मका लागि सो सडकखण्डमा यातायात सेवा बन्द गरिएको थियो ।

निर्माण सम्पन्न नहुँदै हेटौँडा-काठमाडौँ आवतजावत गर्ने टाटा सुमोलगायतका साधन आवागमन गर्न थालेपछि तोकिएको समयसिमाभित्र सम्पन्न गर्नुपर्ने आयोजना निर्माण कार्यमा अवरोध सिर्जना भएकाले सडक कालोपत्र नभएसम्मका यातायात आवागमन बन्द गरिएको वडा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
चितवन २ : रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल
चितवन २ : रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल
शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति
शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन
कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा
कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास
ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
मधेसमा ३४१ जनाले गरे मतदान
मधेसमा ३४१ जनाले गरे मतदान
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अपर्ण
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अपर्ण