११ मिनेटको अन्तरिक्ष यात्रा गरी फर्किए ६ महिला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
२५ पटक हेरिएको
Shares
११ मिनेटको अन्तरिक्ष यात्रा गरी फर्किए ६ महिला

सारांश

  • पप गायिका, पत्रकार, वैज्ञानिक र फिल्म निर्माता सहित विभिन्न क्षेत्रका ६ महिलाहरूको समूह ११ मिनेटको अन्तरिक्ष यात्रा गरी सुरक्षित फर्किएको छ ।
  • १४ अप्रिल अर्थात् वैशाख १ गते जेफ बेशोजको कम्पनी ब्लु ओरिजिनले पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकारकर्मी एवम् वकिल अमान्डा इन्गुएन, नासाकी पूर्वरकेट वैज्ञानिक आइशा बोवे, फिल्म निर्माता क्यारियन फ्लिन र लरेन सान्चेजलाई अन्तरिक्ष यात्रा गराएको थियो ।
  • अन्तरिक्षमा पुग्दा पप गायिका केटी पेरीले गीत गाएकी थिइन् ।

 

२ वैशाख, काठमाडौं ।

पप गायिका, पत्रकार, वैज्ञानिक र फिल्म निर्माता सहित विभिन्न क्षेत्रका ६ महिलाहरूको समूह ११ मिनेटको अन्तरिक्ष यात्रा गरी सुरक्षित फर्किएको छ । १४ अप्रिल अर्थात् वैशाख १ गते जेफ बेशोजको कम्पनी ब्लु ओरिजिनले पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकारकर्मी एवम् वकिल अमान्डा इन्गुएन, नासाकी पूर्वरकेट वैज्ञानिक आइशा बोवे, फिल्म निर्माता क्यारियन फ्लिन र लरेन सान्चेजलाई अन्तरिक्ष यात्रा गराएको थियो ।अन्तरिक्षमा पुग्दा पप गायिका केटी पेरीले गीत गाएकी थिइन् । महिलाहरूको समूहले मात्र अन्तरिक्ष यात्रा गरेको यो पहिलोपटक हो । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भेलेन्टिना टेरेश्कोभाले एक्लै अन्तरिक्ष यात्रा गरेकी थिइन् ।

महिला टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले ‘न्यु शेपर्ड–३१’ नामको रकेट मार्फत अन्तरिक्षमा पठाएको थियो । सो रकेटलाई अमेरिकाको पश्चिम टेक्सासस्थित ब्लु ओरिजिन कम्पनीको प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो । यो अन्तरिक्ष यान पूर्णरूपमा स्वचालित थियो । यसको अर्थ, अन्तरिक्ष यानभित्र यसलाई सञ्चालन गर्ने कोही चालक आवश्यक परेको थिएन । सो अन्तरिक्ष यानको अधिकतम गति २ हजार ३०० माइल प्रतिघण्टा थियो । यो ध्वनिको गतिभन्दा तीन गुणा बढी हो । कार्मन रेखा पार गरेर फिर्ता महिलाहरुको समूह कार्मन रेखा पार गरेर पृथ्वीमा फर्किएका थिए । कार्मन रेखा एउटा काल्पनिक सीमा रेखा हो । यसलाई पृथ्वीको समुद्री सतहबाट १०० किलोमिटर माथिको बिन्दुको रूपमा परिभाषित गरिएको छ । यही बिन्दुबाट पृथ्वी छाडेर अन्तरिक्षको यात्रा सुरु हुन्छ । अर्थात्, यो बिन्दुलाई पृथ्वीको वायुमण्डलको अन्त्य र अन्तरिक्षको सुरुआत मानिन्छ । जो व्यक्ति यो सीमाभन्दा माथि यात्रा गर्छन्, उनीहरूलाई ‘अन्तरिक्ष यात्री’को दर्जा दिइन्छ । कार्मन रेखाको निर्धारण फेडेरेसन एरोनोटिक इन्टरनेशनलले गरेको हो । यो उचाइसम्म पुग्नुलाई अन्तरिक्ष सम्बन्धी अनुसन्धानको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।महिला टोलीले कार्मन सीमामा केही मिनेटसम्म गुरुत्वाकर्षण नहुने अवस्थाको अनुभव गर्नुका साथै न्तरिक्षबाट पृथ्वीको अदभूत दृश्यको मजा लिएका थिए । अन्तरिक्ष पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य’

यो यात्रा कुल ११ मिनेटको थियो । उनीहरू ७ मिनेटसम्म रकेटमा यात्रा गरेका थिए । ब्लु ओरिजिन कम्पनीका अनुसार यो मिसनको उद्देश्य मानिसहरुलाई अन्तरिक्ष पर्यटनप्रति आकर्षित गर्नु र त्यसमार्फत नयाँ पर्यटन उद्योग निर्माण गर्नु हो । साथै, यो प्रयासले ‘महिलाको विकास’मा केन्द्रित हुने र भावी पुस्तालाई प्रेरणा दिने बताइएको छ । यस्तो छ अन्तरिक्ष यात्रा गर्ने महिलाहरूको पृष्ठभूमिलरेन सान्चेजलरेन सान्चेज एक लाइसेन्स प्राप्त हेलिकप्टर पाइलट हुन् । उनले सन् २०१६ मा ब्ल्याक अप्स एभिएसनको स्थापना गरेकी थिइन् । उनी बेजोस अर्थ फण्डकी उपाध्यक्ष पनि हुन् । उनी तीन सन्तानकी आमा हुन् ।आइशा बोवे आइशा बोवे बहामासकी मूल निवासी हुन् । उनी नासाकी पूर्व रकेट वैज्ञानिक तथा उद्यमी पनि हुन् । उनी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका क्षेत्रमा सक्रिय छन् । उनी ‘आइशा स्टेम बोर्ड’ नामक इन्जिनियरिङ कम्पनीकी सीईओ पनि हुन्, जसलाई दुईपटक अमेरिका भित्रको सबैभन्दा छिटो वृद्धि हुने निजी कम्पनीहरूको सूचीमा राखिएको छ । उनले ‘लिङ्गो’ नामक कम्पनी पनि स्थापना गरेकी छिन्, जसको उद्देश्य दश लाख विद्यार्थीलाई आवश्यक प्राविधिक सीप सिकाउने हो । अमान्डा इन्गुएन

अमान्डा एक बायोस्पेस अनुसन्धान वैज्ञानिक हुन् । हार्वर्डबाट स्नातक उनले हार्वर्ड सेन्टर फर एस्ट्रोफिजिक्स, एमआईटी र नासामा अनुसन्धान गरेकी छन् । अमान्डाले सन् १९८१ देखि २०११ सम्म नासाको एक अन्तरिक्ष मिसनमा काम गरेकी थिइन् । यौन हिंसाका पीडितका लागि उनले महत्वपूर्ण काम गरेकी छिन्, जसका लागि उनलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिएको थियो । उनलाई सन् २०२२ मा टाइम म्यागजिनको ‘वुमन अफ द इयर’ अवार्ड पनि दिइएको थियो । केटी पेरी केटी पेरी विश्व चर्चित पप गायिका हुन् । उनका एल्बमहरू सबैभन्दा धेरै बिक्री हुनेहरुको सूचीमा पर्दछन् । उनका गीतहरूलाई ११५ अर्बभन्दा बढी पटक हेरिएको छ । उनी मानवतावादी अभियानहरुमा पनि सक्रिय छन् । युनिसेफकी सद्भावना राजदूतको रूपमा उनले सबै बालबालिकाका स्वास्थ्य, शिक्षा, समानता र सुरक्षाको अधिकार सुनिश्चित गर्न आवाज उठाउँदै आएकी छिन् । गेल किङ गेल किङ पत्रकार हुन् । उनी सीबीएस मर्निङ्सको को–होस्ट र ओप्रा डेलीकी सम्पादक हुन् । पत्रकारिता क्षेत्रमा लामो अनुभव भएका कारण, उनी अन्तरवार्तामा गहिरो संवाद गर्ने सीपमा माहिर मानिन्छन् । क्यारियन फ्लिन फेशन र मानव संशाधनमा स्नातक गरेकी क्यारियन फ्लिनले पछिल्ला १० वर्षदेखि एलन–स्टिभेन्सन स्कूल, द हाई लाइन र हडसन रिभर पार्कजस्ता गैरनाफामूलक संस्थामा स्वयंसेवकको रूपमा काम गरेकी छन् । स्टोरी टेलिङको शक्तिप्रति उत्साहित क्यारियनले अर्थपूर्ण फिल्महरू बनाएकी छन् । तीमध्ये ‘दिस चेन्जेज एभ्रिथिङ’ (२०१८) ले हलिउडमा महिलाहरूको इतिहास खोजेको छ भने ‘लिली’ (२०२४) ले वकिल लिली लेडबेटरको कथा प्रस्तुत गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित
नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित
असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?
असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
एक वर्षमा एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण
एक वर्षमा एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
स्वास्थ्यमन्त्री गौतमद्वारा भेरी अस्पतालको अनुगमन
स्वास्थ्यमन्त्री गौतमद्वारा भेरी अस्पतालको अनुगमन
एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु
सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु