लुम्बिनीविरुद्ध जितका लागि सुदूरपश्चिमले पायो १४४ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८२
|
|
३१ पटक हेरिएको
Shares
लुम्बिनीविरुद्ध जितका लागि सुदूरपश्चिमले पायो १४४ रनको लक्ष्य

सारांश

  • सुदूरपश्चिम रोयल्सले लुम्बिनीविरुद्ध जितका लागि १४४ रनको लक्ष्य पाएको छ।
  •   लुम्बिनी लायन्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोयल्ससामु जितका लागि १ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको हो।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनी २ बल अगावै १ सय ४३ रनमा अलआउट भयो।

११ मंसिर, काठमाडौं ।

सुदूरपश्चिम रोयल्सले लुम्बिनीविरुद्ध जितका लागि १४४ रनको लक्ष्य पाएको छ।  लुम्बिनी लायन्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोयल्ससामु जितका लागि १ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनी २ बल अगावै १ सय ४३ रनमा अलआउट भयो।  १७ औँ ओभरमा लगातार ३ विकेट गुमाएपछि लुम्बिनीले विशाल योगफल तयार पार्न सकेन। १७ औँ ओभरको दोस्रो बलमा गुल्बदिन नइव ११ रन बनाउँदा विकेट किपर विनोद भण्डारीको हातबाट आउट हुन पुगे।

सोही ओभरको पाचौँ बलमा रुवेन ट्रम्पलम्यान कप्तान दीपेन्द्र सिंह ऐरीको हातबाट रनआउट भए। लगत्तै ओभरको अन्तिम बलमा दिलीप नाथ विकेट किपर भण्डारीकै हातबाट आउट हुन पुगे। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै सर्वाधिक रह्यो उनले ३६ बलमा ३ चौका प्रहार गरेका थिए।  दिलिप नाथ ३१ रन बनाउँदै क्याच आउट भए। ओपर्न डार्सी सर्ट र सुमित महर्जनले समान १८ रन बनाउँदै पेभेलियन फर्के। शेर मल्ल ४ रनमा बोल्ड आउट भए।  सुदूरपश्चिमका लागि अविनास बोहोराले ३ विकेट लिए। अविनासले आफ्नो स्पेलमा २६ रन दिए। हरमित सिंहले ३ विकेट झारे। अरमितले ३.३ ओभरमा २२ रन खर्चे। हेमन्त धामीले २ विकेट लिए। स्कट कुगेलाइनल एक विकेट झारे।  सुदूरपश्चिमले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
दार्जिलिङ घुम्न भन्दै भारतको पुणे पुर्‍याएर नेपाली महिला बिक्री
दार्जिलिङ घुम्न भन्दै भारतको पुणे पुर्‍याएर नेपाली महिला बिक्री
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
सर्लाहीमा सधैँ रेबिज विरुद्धको भ्याक्सिन अभाव
सर्लाहीमा सधैँ रेबिज विरुद्धको भ्याक्सिन अभाव
नेपालको शानदार बलिङ, युएईविरुद्ध नेपाललाई ८४ रनको लक्ष्य
नेपालको शानदार बलिङ, युएईविरुद्ध नेपाललाई ८४ रनको लक्ष्य
इराकको शपिङ मलमा भीषण आगलागी, ६१ जनाको मृ*त्यु
इराकको शपिङ मलमा भीषण आगलागी, ६१ जनाको मृ*त्यु
वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै
वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै
संघीय र सातवटै प्रदेश संसद्का पदाधिकारीबीचको संयुक्त छलफल जारी
संघीय र सातवटै प्रदेश संसद्का पदाधिकारीबीचको संयुक्त छलफल जारी
चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?
चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?