इराकको शपिङ मलमा भीषण आगलागी, ६१ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
२२ पटक हेरिएको
Shares
इराकको शपिङ मलमा भीषण आगलागी, ६१ जनाको मृ*त्यु

सारांश

  •   इराकको कात शहरको एक शपिङ मलमा भएको भीषण आगलागीमा ६१ जनाको मृत्यु भएको छ ।
  • अल जजिराका अनुसार मल भित्र रहेका ४५ जना भन्दा बढीको उद्धार गरिएको छ ।
  • इराकको सरकारी मिडियाका अनुसार धेरै मानिसहरूको मृत्यु भएको छ र धेरै घाइते भएका छन् ।

१ साउन, काठमाडौं । 

इराकको कात शहरको एक शपिङ मलमा भएको भीषण आगलागीमा ६१ जनाको मृत्यु भएको छ । अल जजिराका अनुसार मल भित्र रहेका ४५ जना भन्दा बढीको उद्धार गरिएको छ । इराकको सरकारी मिडियाका अनुसार धेरै मानिसहरूको मृत्यु भएको छ र धेरै घाइते भएका छन् ।

यो मल पाँच दिन अघि मात्र खोलिएको थियो । बुधबार राति मलमा आगलागी भएको थियो, जुन अहिले नियन्त्रणमा आएको छ । उद्धारकर्मीहरूले अझै पनि बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् । सरकारले घटनापछि देशमा तिन दिनको शोकको घोषणा गरेको छ भने आगलागीको कारण पट्ट लगाउन आयोग गठन गरेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ