सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३१ पटक हेरिएको
Shares
सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा

सारांश

  • पत्रकार दिनेश गौतममाथि कुटपिट भएको छ।
  • शुक्रबार रिपोर्टिङका लागि काठमाडौंको तीनकुने क्षेत्र पुगेका  पत्रकार दिनेश गौतममाथि राजावादी प्रदर्शनकारीहरूले कुटपिट गरेका हुन्।
  • राजावादी प्रदर्शनकारीले प्रहरीको अश्रुग्यास हान्ने हतियार खोसेका थिए।

१५ चैत, काठमाडौं ।

पत्रकार दिनेश गौतममाथि कुटपिट भएको छ। शुक्रबार रिपोर्टिङका लागि काठमाडौंको तीनकुने क्षेत्र पुगेका  पत्रकार दिनेश गौतममाथि राजावादी प्रदर्शनकारीहरूले कुटपिट गरेका हुन्। राजावादी प्रदर्शनकारीले प्रहरीको अश्रुग्यास हान्ने हतियार खोसेका थिए। पत्रकार गौतमले उक्त फोटो खिचेका थिए। फोटो खिचेको र सिआइडी भन्दै पत्रकार गौतममाथि प्रदर्शनकारीहरू जाइलागेका थिए।

‘प्रहरीको बन्दुक खोसेर प्रदर्शनकारीले काँधमा बोकेर हिँडेका थिए, मैले त्यो फोटो खिचेको थिएँ,’ पत्रकार गौतमले सेतोपाटीसँग भने, ‘त्यसपछि प्रदर्शनकारीहरूले यो सिआइडी हो भन्दै तीनकुने चौरको डिलमा मलाई धकेलेर लडाए, अनि कुटपिट गरे।’ राजावादी प्रदर्शनकारीहरूले उनको मोबाइल खोस्नुका साथै कुटपिट गरेर खुट्टा भाँचिएका थिए। ‘कुटपिटले मेरो देब्रे खुट्टाको गोलीगाँठानेर भाँचिएको छ, बानेश्वरको एभरेष्ट अस्पतालमा खुट्टा प्लास्टर गरी  एर बसेको छु,’ उनले भने। आफूलाई कुटपिट गरेर केही परसम्म प्रदर्शनकारीले पछ्याइरहेको उनले बताए।

दुर्गा प्रसाईं नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। राजावादी प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको थियो। राजावादी प्रदर्शनकारीले तीनकुनेको एक घरमा आगजनी गर्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो। साथै प्रदर्शनका क्रममा गोली लागेका कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर
प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
सन्दीपको अमेरिका यात्रा आउँदो साता मात्र निश्चित हुने
सन्दीपको अमेरिका यात्रा आउँदो साता मात्र निश्चित हुने
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ
मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने कार्य तीव्र गतिमा भइरेको छ : शिक्षामन्त्री पोखरेल
मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने कार्य तीव्र गतिमा भइरेको छ : शिक्षामन्त्री पोखरेल
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
सडकको माग गर्दै गाउँपालिकामा तोडफोड, वडा कार्यालयमा जेन-जीको ताला
सडकको माग गर्दै गाउँपालिकामा तोडफोड, वडा कार्यालयमा जेन-जीको ताला
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
३२ अंकले घट्यो सेयर बजार, ९ अर्बको कारोबार
३२ अंकले घट्यो सेयर बजार, ९ अर्बको कारोबार
पूर्वमन्त्री पौडेलले बुझाए स्वास्थ्यमन्त्री गौतमलाई आफूले गरेको कामको विवरण
पूर्वमन्त्री पौडेलले बुझाए स्वास्थ्यमन्त्री गौतमलाई आफूले गरेको कामको विवरण