Press 4K
सोमबार, ११ श्रावण २०८३

मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने कार्य तीव्र गतिमा भइरेको छ : शिक्षामन्त्री पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
९६ पटक हेरिएको
Shares
मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने कार्य तीव्र गतिमा भइरेको छ : शिक्षामन्त्री पोखरेल

सारांश

  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिएका छन् ।
  •  सोमबार जनकपुरधामको संकटमोचन विद्यालयमा विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गर्न पुगेका मन्त्री पोखरेलले सञ्चारकर्मीहरुसंग कुरा गर्दै साक्षर प्रदेशको संरचना निर्माण गर्न प्रदेश सरकारलाई प्रतिवेदन बुझाईसकेको बताए ।
  •  उनले मधेश प्रदेश सरकारलाई बुझाईएको प्रतिवेदन अनुसार कार्य पनि तीव्र गतिमा भइरहेको जानकारी दिए ।

११ साउन, जनकपुरधाम ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिएका छन् । सोमबार जनकपुरधामको संकटमोचन विद्यालयमा विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गर्न पुगेका मन्त्री पोखरेलले सञ्चारकर्मीहरुसंग कुरा गर्दै साक्षर प्रदेशको संरचना निर्माण गर्न प्रदेश सरकारलाई प्रतिवेदन बुझाईसकेको बताए । उनले मधेश प्रदेश सरकारलाई बुझाईएको प्रतिवेदन अनुसार कार्य पनि तीव्र गतिमा भइरहेको जानकारी दिए । मन्त्री पोखरेलले प्रदेश प्रमुख तथा इकाइ कार्यालयहरुसंग तथ जानकारी लिएर मात्र आफू फकिर्ने बताए ।

मन्त्री पोखरेलले खासगरी जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयको भवन निर्माणमा देखिएको समस्याबारे बुझ्न तथा अन्य स्थानमा पनि जग्गा निरीक्षण गर्न लागेको जानकारी दिए । उनले विश्वविद्यालयको डिनसंग छलफल भएको र जनकपुरधामको मुजेलियास्थित जग्गा र फुलगमामा हाल तोकिएको निर्माणस्थलको निरीक्षण आजै गर्ने बताए । मन्त्री पोखरेलले राजर्षी विश्वविद्यालयको स्तरोन्नती तथा शिक्षाको स्तर थप मजबुत बनाउन चाँसो देखाएका छन् ।मन्त्री पोखरेलले जनकपुरधामको संकट मोचन विद्यालयका छात्र तथा छात्राहरुलाई क्रिकेट ब्याट, फुटबल, ब्याडमिन्टर र्याकेट हस्तान्तरण गरेका छन् । मन्त्री पोखरेरलले सो विद्यालयमा छिट्टै खेल प्रशिक्षक पनि उपलब्ध गराउने विद्यार्थीहरुसंग प्रतिबद्धता जोहर गरे । उनले विद्यार्थीहरुसंग क्रिकेट पनि खेलेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...