५० करोडमाथि कारोबार गर्ने सहकारी नियमन अब राष्ट्र बैंकबाट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २४, २०८०
|
|
३६ पटक हेरिएको
Shares
५० करोडमाथि कारोबार गर्ने सहकारी नियमन अब राष्ट्र बैंकबाट

सारांश

  • ५० करोड माथिको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकले गर्न सक्ने गरी नेपाल राष्ट्र बैंक ऐन संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।
  • सहकारी विभागको सिफारिसमा ५० करोडभन्दा बढी सेयर पूँजी र वार्षिक कारोबार भएका सहकारी संस्थालाई राष्ट्र बैंकले नियमन, निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्ने गरी नेपाल राष्ट्र बैंक ऐन संशोधन प्रस्ताव संघीय संसदको प्रतिनिधिसभाबाट पारित भएको हो ।
  • बुधबार प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको हो ।

२४ माघ, काठमाडौं । ५० करोड माथिको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकले गर्न सक्ने गरी नेपाल राष्ट्र बैंक ऐन संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।

सहकारी विभागको सिफारिसमा ५० करोडभन्दा बढी सेयर पूँजी र वार्षिक कारोबार भएका सहकारी संस्थालाई राष्ट्र बैंकले नियमन, निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्ने गरी नेपाल राष्ट्र बैंक ऐन संशोधन प्रस्ताव संघीय संसदको प्रतिनिधिसभाबाट पारित भएको हो । बुधबार प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको हो । सोही विधेयक मार्फत राष्ट्र बैंक ऐनमा पनि संशोधन गरिएको छ । नेपाल सरकारले २५ करोड रुपैयाँभन्दा बढी सेयर पूँजी वा वार्षिक ५० करोड रुपैयाँभन्दा बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन, निरीक्षण तथा सुपरीवेक्षण राष्ट्र बैंकले गर्न सक्ने व्यवस्था गर्नेगरी संशोधन विधेयक संसदमा दर्ता गरेको थियो । त्यसलाई प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संशोधन गर्दै ५० करोडभन्दा माथिको कारोबार भएको सहकारीको नियमन, निरीक्षण तथा सुपरीवेक्षण राष्ट्र बैंकले गर्नसक्ने गरी संशोधनसहितको प्रतिवेदन संसदमा पेस गरेको थियो ।

यस्तै २५ लाखभन्दा बढीको निक्षेप सहकारी संस्थाले दिने नपाउने गरी सहकारी ऐन संशोधन गर्ने सरकारको प्रस्ताव संसदले अस्वीकार गरेको छ । सहकारी ऐन संशोधन गर्दै सहकारीमा निक्षेपको सीमा २५ लाख तोक्ने गरी ऐन संशोधन मस्यौदा सरकारले संसदमा दर्ता गरेको थियो । सरकारले दर्ता गरेको विधेयकलाई संशोधन गर्दै सहकारी संस्थाले २५ लाखभन्दा माथिको निक्षेप लिन नपाउने व्यवस्था हटाएर प्रतिनीधिसभाले विधेयक पारित गरेको हो । संसदीय समितिले विधेयकलाई संशोधन गर्दै वित्तीय सहकारी संस्थाको सुशासन तथा जोखिमको आधारमा सहकारी विभागको अनुरोधमा मात्रै राष्ट्र बैंकले नियमन, निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्ने गरी राष्ट्र बैंकको भूमिकालाई कमजोर बनाएको थियो । त्यसलाई प्रतिनिधिसभाले पारित गरेको हो । प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
अन्तर्राष्ट्रिय पर्वत दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै
अन्तर्राष्ट्रिय पर्वत दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै
भन्सार छलीका भारतिय स्कारपियो सहित कपडा बरामद
भन्सार छलीका भारतिय स्कारपियो सहित कपडा बरामद
विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट
विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट
उच्च अदालतमा २७ न्यायाधीशको शपथ ग्रहण
उच्च अदालतमा २७ न्यायाधीशको शपथ ग्रहण
बागलुङमा पिकअप भ्यान दुर्घटना, पाँच जनाको मृत्यु
बागलुङमा पिकअप भ्यान दुर्घटना, पाँच जनाको मृत्यु
फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा किन गएनन् बालेन ?
फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा किन गएनन् बालेन ?
जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ
जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी
राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी