Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
३४ पटक हेरिएको
Shares
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

सारांश

  • बलात्कार मुद्दामा थुनामा रहेका एकजना आरोपी ललितपुरको पाटन अस्पतालबाट भागेका छन् ।
  • अछाम घर भएका १९ वर्षीय दीपक साउद बुधवार दिउँसो पाटन अस्पतालबाट भागेका हुन् ।
  • प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका साउदलाई ज्वरो आएपछि प्रहरीले चेकजाँच गर्न पाटन अस्पताल लगेको थियो ।

७ चैत, काठमाडौँ ।

बलात्कार मुद्दामा थुनामा रहेका एकजना आरोपी ललितपुरको पाटन अस्पतालबाट भागेका छन् । अछाम घर भएका १९ वर्षीय दीपक साउद बुधवार दिउँसो पाटन अस्पतालबाट भागेका हुन् । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका साउदलाई ज्वरो आएपछि प्रहरीले चेकजाँच गर्न पाटन अस्पताल लगेको थियो । ‘शौचालय जान्छु’ भनेपछि प्रहरी कर्मचारीले हतकडी खोलेर पठाउँदा उनी भाग्न सफल भएका हुन् । उनको खोजी तीव्र पारिएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका स्थित बोझेपोखरीमा अछाम घर भएकी १७ वर्षीय किशोरीसँग उनी लिभिङ टुगेदरमा बस्दै आएका थिए । उनीहरूबाट एक महिनाअघि छोरी जन्मिएपछि किशोरीले जाहेरी दिएको प्रहरी अधिकृतहरू बताउँछन् । साउद १७ दिनदेखि प्रहरी हिरासतमा थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल
रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल
संसद् अवरोध खुलाउने सभामुखको पहल, सचेतकसँग छलफल
संसद् अवरोध खुलाउने सभामुखको पहल, सचेतकसँग छलफल
बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १६ को उद्धार
बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १६ को उद्धार
चितवनले दोस्रो सिजनको एनपिएलका लागि गर्‍यो कुशल मल्लसहित ६ खेलाडी रिटेन
चितवनले दोस्रो सिजनको एनपिएलका लागि गर्‍यो कुशल मल्लसहित ६ खेलाडी रिटेन
अहिलेकै नेतृत्व र विचार रहिरहे एमाले पार्टी ध्वस्त हुन्छ: झलनाथ खनाल
अहिलेकै नेतृत्व र विचार रहिरहे एमाले पार्टी ध्वस्त हुन्छ: झलनाथ खनाल
प्रतिनिधि सभाबाट ‘पानीजहाज विधेयक’ सर्वसम्मतले स्वीकृत
प्रतिनिधि सभाबाट ‘पानीजहाज विधेयक’ सर्वसम्मतले स्वीकृत
पोखरा साहसिक पर्यटनको हब हो : परराष्ट्रमन्त्री
पोखरा साहसिक पर्यटनको हब हो : परराष्ट्रमन्त्री
काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि
काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि
३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने
३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने