पोखरा साहसिक पर्यटनको हब हो : परराष्ट्रमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
पोखरा साहसिक पर्यटनको हब हो : परराष्ट्रमन्त्री

सारांश

  • परराष्ट्रमन्त्री डा.
  • आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताएकी छन् ।
  • पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको बुधबार शुभारम्भ कार्यक्रममा उनले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गरिन् ।

१४ साउन, गण्डकी ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताएकी छन् । पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको बुधबार शुभारम्भ कार्यक्रममा उनले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गरिन् । आफू बाल्यकालमा पोखरामा आएको स्मरण गर्दै मन्त्री देउवाले त्यसबेलामा यहाँको सुन्दरताले लोभ्याएको धारणा राखिन् ।

पछिल्लो समयमा जलवायु परिवर्तनका असर सबै क्षेत्रमा परिरहेको उल्लेख गर्दै उनले उत्तर र दक्षिणतर्फका छिमेकमा बाढीको प्रभाव बढिरहेको समाचारहरू आएकाले हामी पनि सर्तक रहनुपर्नेमा जोड दिइन् । यहाँ पनि अनावृष्‍टि र अतिवृष्टिको त्रास बढ्दै गइरहेको बताउँदै मन्त्री देउवाले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्नेगरी सहकार्य र समन्वयमार्फत दिगो विकासमा सबै केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइ। जैविक विविधताको संरक्षणका लागि नेपालले महत्त्वपूर्ण योगदान गरिरहेको बताउँदै उनले पोखरामा सञ्चालित बगैँचा रिसोर्टले यस विषयलाई प्राथमिकतामा राखेको भन्दै प्रशंसा गरिन् ।‘रिसोर्टमार्फ स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देशसमेत दिन खोजिएको छ ।

विदेशमा गरिने मेहनतले केवल पैसामात्र आर्जन हुने भए पनि यहाँ गरिने मेहनेतले स्वदेशमा योगदानसँगै इज्जत पनि प्राप्त हुन्छ’, मन्त्री देउवाले भनिन् ।
गण्डकी प्रदेशका पूर्वमुख्यमनत्री खगराज अधिकारीले पोखरा प्रकृतिको उपहार भएको बताए। नेपालमा आउने पर्यटकमध्ये ६८ प्रतिशत साहसिक पर्यटनको चाहना पोखरा आउने रहेको जनाउँदै उहाँले यही प्रदेशबाट पृथ्वीनारायण शाहले नेपालको एकीकरण, भानुभक्तले भाषाको एकीकरण गरेको उल्लेख गरे।
अंशुभरा ग्रुपका अध्यक्ष एवं गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले पर्यटन, उद्यमशीलता र रोजगारीका क्षेत्रमा नवीनतम सोचका साथ अघि बढिरहेको बताए। अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक सौगात थापाले स्वदेशमा केही गर्नुपर्छ भन्ने सोचका साथ बगैँचा रिर्सोट स्पा सञ्चालनमा ल्याइएको धारणा राखे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले वार्ताका लागि बोलाएको हो भने स्वागत गर्छौं — दुर्गा प्रसाईं
सरकारले वार्ताका लागि बोलाएको हो भने स्वागत गर्छौं — दुर्गा प्रसाईं
समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी
समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी
एमाले प्रतिनिधि छनोट विवाद  : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
एमाले प्रतिनिधि छनोट विवाद : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग
नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत
नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत
निर्मल पूर्जाको अन्त्येष्टि समारोहमा सहभागी हुन रानामगर बेलायत प्रस्थान
निर्मल पूर्जाको अन्त्येष्टि समारोहमा सहभागी हुन रानामगर बेलायत प्रस्थान
सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
प्रधानमन्त्रीले गरे कोसी लगानी सम्मेलन उद्घाटन
प्रधानमन्त्रीले गरे कोसी लगानी सम्मेलन उद्घाटन
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय
ओलीले बोलाए सचिवालय बैठक
ओलीले बोलाए सचिवालय बैठक