आजको मौसम : हिमाली तथा पहाडी भूभागको केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २८, २०८३
|
|
२०२ पटक हेरिएको
Shares
आजको मौसम : हिमाली तथा पहाडी भूभागको केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

सारांश

  • हाल नेपालमा पश्चिमी वायू, स्थानीय वायू र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भूभागको उपल्लो वायूमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ ।
  • अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा आंशिक बादल लागिरहेको छ ।
  • कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भैरहेको छ।

२८ वैशाख, काठमाडौं ।

हाल नेपालमा पश्चिमी वायू, स्थानीय वायू र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भूभागको उपल्लो वायूमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ ।अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा आंशिक बादल लागिरहेको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भैरहेको छ।

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने स्थान
काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने स्थान
संघीय संसद्को महासचिवमा पदम पाण्डेको नाम सिफारिस
संघीय संसद्को महासचिवमा पदम पाण्डेको नाम सिफारिस
सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस
कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस
एनपीएल राष्ट्रिय गौरवको विषय हो, रोकिन हुँदैन: प्रधानमन्त्री
एनपीएल राष्ट्रिय गौरवको विषय हो, रोकिन हुँदैन: प्रधानमन्त्री
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
रेडक्रस तदर्थ समिति विरुद्ध सर्वोच्चमा रिट
रेडक्रस तदर्थ समिति विरुद्ध सर्वोच्चमा रिट
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड