पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्रीबाट राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
२० पटक हेरिएको
Shares
पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्रीबाट राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड

सारांश

  •    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाएपछि प्रश्नचिन्ह खडा भएको टिप्पणी गरेका छन्।
  • शुक्रबार संसद् भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पतञ्जली जग्गा प्रकरणमा माधव नेपालविरुद्ध मुद्दा दर्ता हुनुमा प्रतिशोधको गन्ध आएको बताएका हुन्।
  • अध्यक्ष प्रचण्डले माधव नेपाल स्वयंले अदालतले न्याय दिने बताएको र आफूलाई पनि न्याय दिनेमा विश्वास रहेको बताए।

२३ जेठ, काठमाडौं ।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाएपछि प्रश्नचिन्ह खडा भएको टिप्पणी गरेका छन्। शुक्रबार संसद् भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पतञ्जली जग्गा प्रकरणमा माधव नेपालविरुद्ध मुद्दा दर्ता हुनुमा प्रतिशोधको गन्ध आएको बताएका हुन्।

अध्यक्ष प्रचण्डले माधव नेपाल स्वयंले अदालतले न्याय दिने बताएको र आफूलाई पनि न्याय दिनेमा विश्वास रहेको बताए। उनले भने,‘माधवजीले नै आश्चर्यमा हुनुहुन्छ भन्नुभएको छ। उहाँले अदालतले न्याय दिन्छ भन्ने कुरामा विश्वास गर्नु भएको छ। सफाइ पाउँछु पनि भन्नुभएको छ। अदालतले उहाँमाथि न्याय नै गर्छ भन्ने मैले पनि ठानेको छु।’ अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट अलिकति राजनीतिक प्रतिशोधको गन्ध आएको बताए।  अख्तियारले पनि गम्भीर प्रश्न जन्माएको उनले बताए। ‘क्याबिनेटको निर्णय, नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकार भन्दा बाहिरको कुरा स्वयं अख्तियारले ललिता निवास प्रकरणमा भनेको छ।

उसले त्यसबेला बाबुराम भट्टराई र माधव नेपालका विषयमा जे गरोस् क्याबिनेटले नै गरोस् भनेर चिठी नै लेखेको छ। मैले पनि देखेको छु,’उनले भने,‘माधवजीले गरेको त नीतिगत निर्णय नै हो। त्यसमा अख्तियार प्रवेश गरेकाले प्रश्न उठेको छ। अख्तियारले यसबारे जवाफ देला। यो कुरा नै स्टाबलिस हुन्छ भने त गिरिबन्धुमात्र होइन अरू अरू पनि पर्ने कुरा नै भए।’ यस्तै अध्यक्ष प्रचण्डले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने वातावरण बने संसद्को अवरोध खुल्ने बताए। उनले भिजिट भिसा प्रकरणको छानबिन हुन जरुरी रहेको बताए।  विपक्षीले राखेका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने तयारी भएको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१ वर्षमा १६९ देशका पर्यटक पुगे अन्नपूर्ण संरक्षण क्षेत्र
१ वर्षमा १६९ देशका पर्यटक पुगे अन्नपूर्ण संरक्षण क्षेत्र
बाढीपहिरोले १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
बाढीपहिरोले १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन : शंकर पोख्रेल
राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन : शंकर पोख्रेल
गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
घाटा लागेको भन्दै सुर्खेतमा तारा एअरले बन्द गर्‍यो उडान
घाटा लागेको भन्दै सुर्खेतमा तारा एअरले बन्द गर्‍यो उडान
जनमतबाट निस्किएकाले घोषणा गरे जनस्वराज पार्टी
जनमतबाट निस्किएकाले घोषणा गरे जनस्वराज पार्टी