बाढीपहिरोले १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २५, २०८२
|
|
४७ पटक हेरिएको
Shares
बाढीपहिरोले १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)

सारांश

  • अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न १० राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
  • नेपाल प्रहरीले दिएको जानकारी अनुसार सङ्खुवासभास्थित कोशी राजमार्गको भोटखोला गाउँपालिका–४ वरुणमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
  • यस्तै, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध छ ।

२५ असार, काठमाडौं ।

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न १० राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार सङ्खुवासभास्थित कोशी राजमार्गको भोटखोला गाउँपालिका–४ वरुणमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यस्तै, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध छ । नारायणगढ–बुटवल सडक आयोजना कार्यालयका अनुसार दाउन्नेको खुर्साने खोला नजिकै मङ्गलबार राति पहिरो झरेपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ । सडक अवरुद्ध भएपछि बर्दघाटबाट पूर्वतर्फ जाने र दुम्कीबासबाट पश्चिमतर्फ आउने सवारी साधन सडकमा रोकिएका छन् ।

यसैगरी, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् । यस्तै, बाढीपहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित शहीद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
मकवानपुर प्रहरीद्वारा सुरक्षा जाँचमा कडाई
मकवानपुर प्रहरीद्वारा सुरक्षा जाँचमा कडाई
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
बागमती प्रदेशका सभामुख पाठकको राजीनामा २ महिनापछि स्वीकृत
बागमती प्रदेशका सभामुख पाठकको राजीनामा २ महिनापछि स्वीकृत
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी
आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा बजेट विनियोजन हुने
आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा बजेट विनियोजन हुने
चर्चित गायक प्रशान्त तामाङको निधन
चर्चित गायक प्रशान्त तामाङको निधन