उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
सारांश
- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सोमबार तीन वटा महत्त्वपूर्ण मन्त्रालयको कार्यभार सम्हालेका छन्।
- राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री सिन्हा सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर औपचारिक रूपमा आफ्नो जिम्मेवारी ग्रहण गरे ।
- पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले शहीद परिवारका सदस्य र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि रोजगारीको व्यवस्था गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
६ असोज, काठमाडौं ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सोमबार तीन वटा महत्त्वपूर्ण मन्त्रालयको कार्यभार सम्हालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री सिन्हा सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर औपचारिक रूपमा आफ्नो जिम्मेवारी ग्रहण गरे ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया