असान्दर्भिक १५ ऐन खारेज गर्न सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
२९ पटक हेरिएको
Shares
असान्दर्भिक १५ ऐन खारेज गर्न सिफारिस

सारांश

  • वर्तमान सन्दर्भमा असान्दर्भिक देखिएको भन्दै १५ वटा ऐन खारेज गर्न सिफारिस गरिएको छ ।
  • सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले शुक्रबार प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष बुझाएको छ ।
  • जसमा असल व्यावसायिक वातावरण निर्माण गर्न र सरकारी सेवा सहज तरिकाले प्राप्त गर्न झमेला सिर्जना गरेका १५ ऐन खारेज गर्न भनिएको छ ।

 

२९ चैत, काठमाडौं ।

वर्तमान सन्दर्भमा असान्दर्भिक देखिएको भन्दै १५ वटा ऐन खारेज गर्न सिफारिस गरिएको छ । सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले शुक्रबार प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष बुझाएको छ । जसमा असल व्यावसायिक वातावरण निर्माण गर्न र सरकारी सेवा सहज तरिकाले प्राप्त गर्न झमेला सिर्जना गरेका १५ ऐन खारेज गर्न भनिएको छ ।

अर्थ सम्बन्धी कानुन व्यवसायमैत्री नहुँदा वा अनावश्यक नियन्त्रण गर्न खोज्दा असल व्यावसायिक वातावरण नबन्ने निष्कर्ष निकाल्दै आयोगले यी ऐनको औचित्य सकिएको बताएको छ । आयोगले औचित्य सहित भनेको ऐनमा आय टिकट दस्तुर ऐन २०१९ छ । आय टिकट लगाउनुपर्ने व्यवस्थाले कतिपय अवस्थामा नागरिकले सेवा लिन लाग्ने शुल्क वा कर भुक्तानी गरिसकेपछि हुलाक टिकट खोज्दै हिँड्नु परेको र त्यसले सास्ती खेप्नुपरेको भन्दै यो ऐन खारेजीको सिफारिस गरिएको छ । आयोगले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ समेत खारेज गर्नुपर्ने भनेको छ । एकै विषयका लागि विभिन्न ऐन प्रयोग गरेर थरीथरीका सरकारी निकाय र अधिकारीले व्यवसायीलाई दुःख दिने सम्भावना भएको र बेलाबेला त्यस्तो घटना भएको भन्दै यो ऐन खारेज गर्न भनिएको छ । यससम्बन्धी नियमन उपभोक्ता संरक्षण ऐन र प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन २०६३ ले गर्ने समेत आयोगको तर्क छ ।

आयोगले निजी वन जंगल राष्ट्रियकरण ऐन २०१३ खारेज गर्न सिफारिस गरेको छ । जुन बेला यो ऐन जारी भयो, त्यस समय सान्दर्भिक भए पनि अब औचित्य नरहेको आयोगले उल्लेख गरेको छ । त्यस्तै प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०१३ समेत खारेज गर्न भनिएको छ । यो ऐनले सरकारलाई स्वेच्छाचारी बनाउने र व्यावसायिक वातावरण जहिले पनि खल्बलाउन सक्ने भन्दै खारेज गर्न सिफारिस गरिएको छ । आयोगले क्षतिपूर्ति ऐन समेत खारेज गर्न सिफारिस गरेको छ । यस सम्बन्धमा अन्य ऐनले नियमन गर्ने भन्दै यो ऐनको औचित्य सकिएको तर्क गरिएको छ । यसैगरी बिर्ता उन्मूलन ऐन २०१६ खारेजीको सुझाव दिइएको छ । बिर्ता प्रथा समाप्त गरेको र बिर्ता जग्गा उन्मुलन गरी रैकरमा परिणत गरी भूस्वामित्व नेपाल सरकारमा आएसँगै ऐनको औचित्य सकिएको आयोगले बताएको छ । बिर्तावालले बिर्तामा रकम लगाई लिन खान नपाउने ऐन २०१५ समेत खारेज गर्न भनिएको छ । यससम्बन्धी कुनै मुद्दा बाँकी नरहेको भन्दै ऐनको औचित्य नरहेको अयोगको भनाइ छ । त्यस्तै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ समेत खारेज गर्न भनिएको छ । यस ऐनमा उल्लेख गरेका विष कर राजस्व र गैरकर राजस्वका सम्बन्धित ऐनमा प्रबन्ध गरिएका कारण यस ऐनको औचित्य नभएको आयोगको भनाइ छ ।

यस ऐनलाई जारी राख्दा कर छलीका विषयमा छानबिनमा दोहोरोपना भएको र व्यवसायीलाई आतकिंत पार्ने काम भएको समेत आयोगको तर्क छ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ समेत खारेज गर्न भनिएको छ । नेपाल सरकारले हालै आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न जारी गरेको ऐनले नेपालबाट विदेशमा सिधा लगानी वा पोर्टफोलियो लगानी गर्न खुला गरेको भन्दै यो ऐन अब असान्दर्भिक बनेको उल्लेख छ । यसको सट्टा नयाँ ऐन तर्जुमा गर्न भनिएको छ । नेपाल एजेन्सी ऐन २०१४ समेत आयोगले खारेज गर्ने सिफारिसमा राखेको छ । पछिल्लो समय जारी भएको मुलुकी देवानी संहिताले एजेन्सी करार सम्बन्धी व्यवस्था गरेकाले पुरानो ऐन खारेज गर्न सिफारिस गरिएको हो । प्रादेशिक विकास योजना (कार्यान्वित गर्ने) ऐन २०१३ समेत यो सूचीमा छ । संघीय शासन प्रणालीमा गएपछि कतिपय नगरपालिकाले बस्ती विकास तथा जग्गा एकीकरण ऐन जारी भएको अवस्थामा यो ऐनको आवश्यकता नभएको समेत आयोगको भनाइ छ । अब नयाँ सहरी विकास ऐन जारी गर्न समेत सुझाव दिइएको छ ।

यसैगरी निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ समेत खारेजीको सूचीमा छ । यो ऐन खारेज गरी नयाँ ऐन ल्याउन सरकारलाई सुझाव दिइएको छ । यो ऐनले विकासी पैठारी मनाही वा नियन्त्रणको उद्देश्य पूरा गर्न नसक्ने निष्कर्ष आयोगको छ । आयोगले सामाजिक व्यवहार सुधार ऐन २०२३ लाई समेत खारेज भर्न भनेको छ । यस ऐनले जन्ती ५१ जना हुने गरी संख्या तोकेको छ । आजको सन्दर्भमा यो ऐन पूरै असान्दर्भिक रहेको तर्क आयोगको छ । नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन २०१४ समेत यस सूचीमा छ । यो ऐन आजको दिनमा पूरै असान्दर्भिक रहेको आयोगले भनेको छ । वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन २०५५ समेत खारेज गर्न आयोगले सिफारिस गरेको छ । यो ऐनले भने अनुसार काम गर्ने निकाय अब नेपालमा नरहेको भन्दै खारेज गर्न भनिएको हो ।त्यस्तै औषधि ऐन २०३५ परिमार्जन गर्न सुझाव दिइएको छ । अचल सम्पत्ति अधिग्रहण ऐन २०१३ र जग्गा प्राप्ति ऐन २०३४ समेत खारेजीको सिफारिस गरिएको छ । यसको सट्टा नयाँ ऐन ल्याउन भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ
सरकारलाई ओलीको प्रश्न: दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?
सरकारलाई ओलीको प्रश्न: दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन
बीपी राजमार्गमा पूर्ण रूपमा गाडी चलाउन रोक
बीपी राजमार्गमा पूर्ण रूपमा गाडी चलाउन रोक
कान्ति लोकपथ र हेटौंडा-भैंसे सडकमा राति सवारी रोक
कान्ति लोकपथ र हेटौंडा-भैंसे सडकमा राति सवारी रोक
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 
आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी