Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भारतको विहारबाट ७ जना नेपालीको उद्यार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष १६, २०८२
|
|
४२ पटक हेरिएको
Shares
भारतको विहारबाट ७ जना नेपालीको उद्यार

सारांश

  • भारतको विहारका विभिन्न स्थानहरुबाट ७ जना मधेश प्रदेशका बालबालिका तथा महिलाको उद्यार गरिएको छ ।
  • ५ जना बालक, एक जना बालिका र एक जना महिलाको उद्यार गरी आज जनकपुरधामस्थित मधेश प्रदेश प्रमुख कार्यायलमा उनीहरुको आफ्न्तलाई जिम्मेवारी लगाइएको छ ।
  • उद्यार गरिएकोमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ सप्तरीका १६ वर्षीय मो.

१६ पुष, जनकपुरधाम ।

भारतको विहारका विभिन्न स्थानहरुबाट ७ जना मधेश प्रदेशका बालबालिका तथा महिलाको उद्यार गरिएको छ । ५ जना बालक, एक जना बालिका र एक जना महिलाको उद्यार गरी आज जनकपुरधामस्थित मधेश प्रदेश प्रमुख कार्यायलमा उनीहरुको आफ्न्तलाई जिम्मेवारी लगाइएको छ । उद्यार गरिएकोमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ सप्तरीका १६ वर्षीय मो.अजिज मिया, सप्तरीकै सम्भुनाथ नगरपालिका ९ की १५ वर्षिया ज्योती कुमारी मुखिया, रौतहटको चन्द्रपुर २ का १४ वर्षीय निमेष माझि, धनुषाको केल्पुर १ का १४ वर्षिय विष्णु सदा, सोही स्थानका १० वर्षिय सुरज सदा, सप्तरीको मनराजा ५ का ११ वर्षिय बचन कुमार सदा र बाराको कलैया १४ की ३३ वर्षिया संगीता कुमारी जयसवाल रहेकी छन् ।

उनीहरुलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याई भिख माग्न लगाउने, श्रम शोसन गर्ने, भगाएर अन्यत्र लैजाने लगायतको अवस्थामा फेला पारी दिल्लीस्थित किन ईन्डिाया नामक संस्थाको अगुवाईमा भारतीय प्रहरी र दुतावासको सहयोगमा नेपाल फिर्ता ल्याएर आफन्तको जिम्मेवारी लगाइएको किन ईन्डियाका निर्देशक नवीन जोशीले जानकारी दिनुभयो । उनले विगतमा पनि सयौं जनाको उद्यार गरी अभिभावकको जिम्मा लगाएको बताए । उनका अनुसार यसरी प्रलोभनमा परेर भारतका विभिन्न ठाउँहरुमा श्रम शोसन र बेचिन पुगेकाहरुको संख्या सबैभन्दा बढी मधेश प्रदेशकै रहेको छ । उनले अभिभावक र प्रहरीको सहयोगमा त्यस्ता प्रलोभन देखाउनेहरुलाई फेला पारी कारवाही अगाडि बढाउ पहल पनि गरिरहेको बताए । अभिभावकलाई जिम्मा लगाउने क्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोबिन्थ थपलियाले कुनै पनि बालबालिका वा आफ्न्त हराएको थाहा हुने वित्तिकै नजिकको प्रहरी चौकीमा जानकारी गराउनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत
काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द
बालेन साह प्रभावहीन हुने ओलीको दाबी
बालेन साह प्रभावहीन हुने ओलीको दाबी
छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा
छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति
जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ
जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ
राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित
राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२१ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२१ जनालाई कारबाही
लुम्बिनीमा नेपालकै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापना
लुम्बिनीमा नेपालकै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापना
विराटनगरमा एक हजार रुपैयाँ नदिएको निहुँमा भाउजूमाथि एसिड प्रहार
विराटनगरमा एक हजार रुपैयाँ नदिएको निहुँमा भाउजूमाथि एसिड प्रहार