छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा

सारांश

  • काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको छात्रावास (होस्टेल) को अभिलेखीकरण शुरू गरेको छ ।
  • महानगर शिक्षा विभागका अनुसार अभिलेखीकरणपश्चात् छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइने छ ।
  • विभागका प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८० जारी भएबमोजिम सोही मापदण्डको दफा (३) मा व्यवस्था भएअनुसार छात्रावास सञ्चालनका लागि महानगरसँग स्वीकृत लिनुपर्ने व्यवस्था छ ।

२४ कात्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको छात्रावास (होस्टेल) को अभिलेखीकरण शुरू गरेको छ ।

महानगर शिक्षा विभागका अनुसार अभिलेखीकरणपश्चात् छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइने छ । विभागका प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८० जारी भएबमोजिम सोही मापदण्डको दफा (३) मा व्यवस्था भएअनुसार छात्रावास सञ्चालनका लागि महानगरसँग स्वीकृत लिनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार अनुगमन समितिबाट अनुगमनका क्रममा नियमअनुसार मापदण्ड पूरा भएको छ वा छैन अध्ययनसमेत गर्ने प्रमुख शर्माको भनाइ छ । अभिलेखीकरण गर्न तत्कालीन जिल्ला शिक्षा कार्यलयबाट अनुमति लिई वा वडामा व्यवसाय दर्तागरी सञ्चालन भएका छात्रावासहरूले विवरण पेस गर्नुपर्ने छ । प्रचलिन कानुनबमोजित अनुमति नलिई सञ्चालन भएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ ।

नियमअनुसार छात्रावास सञ्चालनका लागि प्रचलित कानुनअनुसार दर्ता भई नेपालीपन झल्कनेगरी नाम राख्नुपर्नेछ । सञ्चालनको जिम्मेवारी लिएको व्यक्तिबारे उल्लेख हुनुपर्ने, भौतिक संरचना भाडामा हो कि आफ्नो स्पष्ट उल्लेख गर्नुपर्ने, भान्साको व्यवस्था कस्तो छ उल्लेख हुनुपर्ने, खेलकुद मैदानको व्यवस्थाबारे खुलाउनुपर्ने, खानेपानीको अवस्था, स्थान घर वा शौचालयबारे बताउनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा क्षयरोगका सात सय नयाँ बिरामी
झापामा क्षयरोगका सात सय नयाँ बिरामी
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
महिला खुला गल्फ प्रतियोगिता शनिबार
महिला खुला गल्फ प्रतियोगिता शनिबार
रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी
रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
मालिस गराउने अध्यक्षको दाबी- राजीनामा दिएकै छैन, उपाध्यक्ष भन्छिन्- स्वीकृत भइसक्यो
मालिस गराउने अध्यक्षको दाबी- राजीनामा दिएकै छैन, उपाध्यक्ष भन्छिन्- स्वीकृत भइसक्यो
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
पानीको जारमा किरा, ललितपुर महानगरले तिरायो २५ हजार जरिवाना
पानीको जारमा किरा, ललितपुर महानगरले तिरायो २५ हजार जरिवाना
सिर्सिया नदी प्रदूषण नियन्त्रणमा मन्त्रालय गम्भीर : मन्त्री यादव
सिर्सिया नदी प्रदूषण नियन्त्रणमा मन्त्रालय गम्भीर : मन्त्री यादव
एनपीएलका खेल भारतीय टिभी च्यानल , स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने
एनपीएलका खेल भारतीय टिभी च्यानल , स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने