ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी
सारांश
- हुम्लाकाे ताँजाकाेट गाउँपालिकाकाे कार्यालय आगलागी भएकाे छ।
- राति १ बजेकाे समयमा ताजाँकाेट गाउँपालिका कार्यालय आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
- स्थानीय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे डीएसपी शंकर खडकाले बताए ।
८ भदौ, हुम्ला ।
हुम्लाकाे ताँजाकाेट गाउँपालिकाकाे कार्यालय आगलागी भएकाे छ। राति १ बजेकाे समयमा ताजाँकाेट गाउँपालिका कार्यालय आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। स्थानीय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे डीएसपी शंकर खडकाले बताए ।

गाउँपालिकाकाे भवनकाे लेखा शाखाकाे स्टाेरमा बिजुलीकाे तार सर्ट भई आगलागी भएकाे हुन सक्ने डीएसपी खडकाले बताए। स्थानीय र प्रहरीकाे सहयाेगमा ३ बजे ४५ मिनेटमा आगाे पूर्ण नियन्त्रणमा आएकाे खडकाकाे भनाइ छ। आगलागीबाट ४ थान काठको र्याक, १ थान सुत्ने खाट, १ थान टेबल, १ थान सोलार ब्याट्री जलेर नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

प्रतिक्रिया