आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
२४ पटक हेरिएको
Shares
आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

सारांश

  •   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
  • मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

२२ असार, काठमाडौं । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । महाशाखाका अनुसार आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना  छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेन शाहले झापा -५ मा गराए उम्मेदवारी दर्ता
बालेन शाहले झापा -५ मा गराए उम्मेदवारी दर्ता
यी हुन् एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय
यी हुन् एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाल नेशनल अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना
नेपाल नेशनल अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
सर्लाहीको गेस्ट हाउसमा भारतीय महिलाको झुण्डिएको अवस्थामा शव फेला
सर्लाहीको गेस्ट हाउसमा भारतीय महिलाको झुण्डिएको अवस्थामा शव फेला
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा सांसद राईको बयान
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा सांसद राईको बयान
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै
फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड
फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड