सुनसरी घटना : रवि लामिछानेको आह्वानमा बस्दै सर्वदलीय बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
८५ पटक हेरिएको
Shares
सुनसरी घटना : रवि लामिछानेको आह्वानमा बस्दै सर्वदलीय बैठक

सारांश

  • सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
  • बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्नेछ ।
  • छलफलका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ ।

१३ साउन, काठमाडौं ।

सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्नेछ । छलफलका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ । त्यसबाहेक उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि बैठकमा बोलाइएको रास्वपाले जनाएको छ।

सभापति लामिछानेको सचिवालयका अनुसार सबै दललाई पत्राचार गरिसकिएको छ । साथै लामिछानेले विभिन्न दलका नेताहरूसँग आफैं फोन गरेर पनि बैठकमा सहभागी हुन आग्रह गरेका छन् । रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताएका छन् । ‘अत्यन्तै संवेदनशील र दु:खद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति–सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरेका हौं,’ आचार्यले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै
जलसतह बढेपछि गण्डक ब्यारेजका ३६ सौ ढोका खोलिए
जलसतह बढेपछि गण्डक ब्यारेजका ३६ सौ ढोका खोलिए
पत्रकार महासंघको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र सञ्चारमन्त्री अनुपस्थित
पत्रकार महासंघको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र सञ्चारमन्त्री अनुपस्थित
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
सुनको मूल्य एकैदिन तोलामा १६ हजारले घट्यो,
सुनको मूल्य एकैदिन तोलामा १६ हजारले घट्यो,
मन्त्री भण्डारीले गरे बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण
मन्त्री भण्डारीले गरे बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण
सर्लाहीको ऐतिहासिक नाढीमन तालमा डुङ्गा संचालन पुनः सुचारु
सर्लाहीको ऐतिहासिक नाढीमन तालमा डुङ्गा संचालन पुनः सुचारु