मर्मतका लागि विद्युत पोलमा चढेका कर्मचारीको करेन्ट लागेर मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
२३ पटक हेरिएको
Shares
मर्मतका लागि विद्युत पोलमा चढेका कर्मचारीको करेन्ट लागेर मृ*त्यु

सारांश

  • रूकुम पश्चिममा गएराति करेन्ट लागेर एक जना विद्युतका कर्मचारीको मृत्यु भएको छ।
  • रूकुम पूर्वको सिस्ने गाउँपालिका–३ का  २९ वर्षीय खिमबहादुर खड्काको विद्युत मर्मतका लागि पोलमा चढेको समयमा करेन्ट लागेर मृत्यु भएको रूकुम पश्चिमका प्रहरी प्रवक्ता  प्रहरी निरीक्षक ऋषि पाठकले बताए।
  • बिहीबार राति सवा दश बजेतिर मुसीकोट नगरपालिका –४ बोहरागाउँमा विद्युत मर्मतका लागि खड्का पोलमा चढेको समयमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

९ जेठ, रूकुम ।

रूकुम पश्चिममा गएराति करेन्ट लागेर एक जना विद्युतका कर्मचारीको मृत्यु भएको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका–३ का  २९ वर्षीय खिमबहादुर खड्काको विद्युत मर्मतका लागि पोलमा चढेको समयमा करेन्ट लागेर मृत्यु भएको रूकुम पश्चिमका प्रहरी प्रवक्ता  प्रहरी निरीक्षक ऋषि पाठकले बताए। बिहीबार राति सवा दश बजेतिर मुसीकोट नगरपालिका –४ बोहरागाउँमा विद्युत मर्मतका लागि खड्का

पोलमा चढेको समयमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। खड्का नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रूकुम पूर्वमा सेवा करार हेल्परमा कार्यरत थिए। रूकुमकोट वितरण केन्द्रमा कार्यरत खड्का रूकुम पूर्वमा विद्युत अवरूद्ध भएपछि मर्मतका लागि पोलमा चढेका बेला करेन्ट लागेको थियो। करेन्ट लागेर  खड्काको घटनास्थल (बिजुलीको तार)मै मृत्यु भएको प्रहरी निरीक्षक पाठकले बताए।केन्द्रीय प्रसारण लाइनको तार नजिकै उनले रातिमा मर्मतको काम गरिरहेका थिए। त्यही क्रममा सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छुन पुग्दा खड्कालाई करेन्ट लाग्न पुगेको थियो। प्रहरी निरीक्षक पाठकले खड्काको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल सल्लेमा पठाइएको जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार
मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृ*त्यु
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृ*त्यु
एमालेले सचिवालयको वैठकमा के–के गर्‍यो निर्णय ?
एमालेले सचिवालयको वैठकमा के–के गर्‍यो निर्णय ?
अमेरिकी संसद्‌मा ट्रम्पको पहिलो सम्बोधन: यी हुन् महत्त्वपूर्ण १० कुरा
अमेरिकी संसद्‌मा ट्रम्पको पहिलो सम्बोधन: यी हुन् महत्त्वपूर्ण १० कुरा
रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित
रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित
मकवानपुरको चिरुवा खोलामा १३ वर्षीया बालिकाको डुबेर मृत्यु
मकवानपुरको चिरुवा खोलामा १३ वर्षीया बालिकाको डुबेर मृत्यु
१५ लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा
१५ लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा
सिप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश
सिप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश
काठमाडौंको विभिन्न स्थानमा आज बिजुली अवरुद्ध हुने
काठमाडौंको विभिन्न स्थानमा आज बिजुली अवरुद्ध हुने