मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

सारांश

  • मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-९ तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।
  • आज बिहानि ६ बजे उनीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
  • दुई जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेको खबर प्राप्त भएकोमा दुई चिनियाँ र ११ नेपाली गरी १३ जना मात्र फेला परेको सशस्त्रले जनाएको छ ।

१५ कात्तिक, काठमाडौं ।

मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-९ तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । आज बिहानि ६ बजे उनीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । दुई जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेको खबर प्राप्त भएकोमा दुई चिनियाँ र ११ नेपाली गरी १३ जना मात्र फेला परेको सशस्त्रले जनाएको छ ।

उनीहरु अलपत्र परेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उद्धारको लागि खटिएको थियो । उद्धार गरिएका मध्ये एक जना महिला बिरामी छन् । एक जना  पुरुषको खुट्टामा चोट लागेको छ भने सबै जनामा अक्सिजन लेबल कम रहेको पाइएको छ ।

पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल गएको सुरक्षा फौजले आज बिहान ११ नेपालीलाई चामेतर्फ ल्याएको छ । चिनियाँ नागरिक भने मौसम केही खुलेकोले भ्रमण पूरा गर्ने भन्दै बेस क्याममानै बसेका छ्न् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
सभामुख डिपी अर्याल सवार गाडीलाई ट्राफिकले काट्यो चिट
सभामुख डिपी अर्याल सवार गाडीलाई ट्राफिकले काट्यो चिट
सबैभन्दा धेरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नविल
सबैभन्दा धेरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नविल
प्रधानमन्त्री ओली बिरामी, सबै कार्यक्रम स्थगित
प्रधानमन्त्री ओली बिरामी, सबै कार्यक्रम स्थगित
देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा (बादल)
देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा (बादल)
सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण
सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण
सेयर बजार करिब ४ महिनाकै न्यून बिन्दुमा
सेयर बजार करिब ४ महिनाकै न्यून बिन्दुमा
नेपाल-भारतबीच ढल्केबर मुजफ्फरपुरको क्षमता १०० मेगावाट बढाउने समझदारी
नेपाल-भारतबीच ढल्केबर मुजफ्फरपुरको क्षमता १०० मेगावाट बढाउने समझदारी