सबैभन्दा धेरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नविल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १, २०८१
|
|
६२ पटक हेरिएको
Shares
सबैभन्दा धेरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नविल

सारांश

  • आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने  कम्पनीलाई  सम्मान गरेको छ।
  • विभागले  २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने  कम्पनीलाई कर दिवसका अवसरमा शनिवार सम्मान गरेको हो।
  • यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् ।

१ मंसिर, काठमाडौँ। आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने  कम्पनीलाई  सम्मान गरेको छ। विभागले  २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने  कम्पनीलाई कर दिवसका अवसरमा शनिवार सम्मान गरेको हो।

यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् ।विभाकका अनुसार एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, बस्तु निर्यातको कारोबारमा डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेता निर्यातमा कोडावतार प्रालि,  कृषि तथा पशुपंक्षी उद्योगमा पतञ्जली आयुर्वेद, बैंक, वित्तीय र बिमातर्फ  नविल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थामा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पहिलो हुँदै सम्मानित भएका छन् ।

यस्तै, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, बस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट पहिलो भएका छन् । वार्षिक कारोबार ५० देखि बढीमा १०० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएट्ठ एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप्रेस र मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि सम्मानित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
मोरङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
मोरङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै
गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै
मौसम पूर्वानुमान : आज यी भूभागमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : आज यी भूभागमा भारी वर्षाको सम्भावना
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार
बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो
बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो
रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य
रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य
सरकारसँग वार्ताका लागि तयार भयो शिक्षक महासंघ, आजै ३ बजे बस्ने
सरकारसँग वार्ताका लागि तयार भयो शिक्षक महासंघ, आजै ३ बजे बस्ने
महानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी
महानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी
मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष
मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष