‘उपसचिव हुँ’ भन्दै ठगी गर्ने महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
३५ पटक हेरिएको
Shares
‘उपसचिव हुँ’ भन्दै ठगी गर्ने महिला पक्राउ

सारांश

  •   आफू कानून मन्त्रालयको उपसचिव हुँ भनी विभिन्न व्यक्तिलाई ठगी गर्ने एक महिला त्रिपुरेश्वरबाट पक्राउ परेकी छिन्।
  • जिल्ला प्रहरी कार्यालयको टोलीले दैलेखको दुनेचौर गाउँपालिका–५ स्थायी बासिन्दा तथा हाल ललितपुर महानगरपालिका–२५ बसोबास गर्ने ४० वर्षीया जानकी न्यौपानेलाई पक्राउ गरेको हो।
  • न्यौपानेले पीडितहरूलाई आफू हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै विमानस्थलमा हुने विभिन्न ठेक्कामा काम दिलाइदिने प्रलोभन दिएकी थिइन्।

८ वैशाख, काठमाडौं । 

आफू कानून मन्त्रालयको उपसचिव हुँ भनी विभिन्न व्यक्तिलाई ठगी गर्ने एक महिला त्रिपुरेश्वरबाट पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालयको टोलीले दैलेखको दुनेचौर गाउँपालिका–५ स्थायी बासिन्दा तथा हाल ललितपुर महानगरपालिका–२५ बसोबास गर्ने ४० वर्षीया जानकी न्यौपानेलाई पक्राउ गरेको हो।

न्यौपानेले पीडितहरूलाई आफू हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै विमानस्थलमा हुने विभिन्न ठेक्कामा काम दिलाइदिने प्रलोभन दिएकी थिइन्। सोही बहानामा उनले राजस्व र धरौटी रकमको नाममा एक जना पीडितबाट ७ लाख ६० हजार ८ सय असुलेकी थिइन्। त्यस्तै, अन्य दुई व्यक्तिलाई पनि अनुदान तथा ठेक्का दिलाइदिने भन्दै रकम लिइसकेकी थिइन् भने बाँकी रकम माग्दै गर्दा प्रहरीको निगरानीमा परेकी हुन्। महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वरबाट उनलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बिमा बोर्डले दियो ४ अर्ब ३८ करोड पेश्की
स्वास्थ्य बिमा बोर्डले दियो ४ अर्ब ३८ करोड पेश्की
काठमाडौंका विभिन्न स्थानमा हावाहुरीसहित भीषण वर्षा
काठमाडौंका विभिन्न स्थानमा हावाहुरीसहित भीषण वर्षा
बाजुरामा १ हजार ४ सय बढी अस्थायी मतदाता
बाजुरामा १ हजार ४ सय बढी अस्थायी मतदाता
कानूनी प्रक्रियाको सामनाका लागि तयार रहनू – कान्तिपुरलाई रास्वपाको चेतावनी
कानूनी प्रक्रियाको सामनाका लागि तयार रहनू – कान्तिपुरलाई रास्वपाको चेतावनी
आज पनि मन्त्रिपरिषद् बैठक बस्दै
आज पनि मन्त्रिपरिषद् बैठक बस्दै
टेलिकमको बिलिङ प्रकरणमा अध्ययन प्रतिवेदन तयार, सञ्चारमन्त्री भन्छन् : हस्तक्षेप गर्दैनौं
टेलिकमको बिलिङ प्रकरणमा अध्ययन प्रतिवेदन तयार, सञ्चारमन्त्री भन्छन् : हस्तक्षेप गर्दैनौं
पूर्वमेयर पासमानसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
पूर्वमेयर पासमानसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु
दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु
बागमतीमा ३ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री लामा
बागमतीमा ३ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री लामा
काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक