Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शिक्षकहरूलाई प्रचण्डको अपिल- पटकपटक धोका भएको छ, आन्दोलन नरोक्नू

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
५७ पटक हेरिएको
Shares
शिक्षकहरूलाई प्रचण्डको अपिल- पटकपटक धोका भएको छ, आन्दोलन नरोक्नू

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई अपिल गरेका छन् ।
  • नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  • विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् ।

 

९ वैशाख, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । पटक-पटक सरकारसँग वार्ता गरे पनि सफल हुन सकेको छैन ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने शिक्षकहरूले पटकपटक वार्ता गरेर पनि असफल भएको भन्दै यो पटक धैर्यतापूर्वक आन्दोलन जारी राख्न अपिल गरेका हुन् । ‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु । तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको, पटक-पटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ,’ प्रचण्डले भने, ‘यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ । शिक्षकहरूको अझै धेरै छ ।’ उनले एमालेकै नेतृ विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयले सरका गैरजिम्मेवार रहेको अर्को प्रमाण भएको पनि बताए । अझ हिजो अर्को एउटा घटना घट्यो । एमालेकै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभयो ।

यसबाट पनि सरकार कति धेरै गैरजिम्मेवार छ भन्ने कुराको नयाँ प्रमाण प्रस्तुत भएको छ,’ प्रचण्डले भने, ‘यो सरकार आफ्नै बोझ थाम्नसक्ने वाला छैन । आफ्नै बोझमा दबिएर यो सकिन्छ । हामी चाहन्छौं कि सरकारले अझै पनि बुद्धि पुर्‍याओस् ।’ शिक्षकहरूले गरेको माग नयाँ नभएको भन्दै सम्झौता अनुसार अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओली नकारात्मक भएको जिकिर गरे । ‘शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा होइन । हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको भन्दा बाहेक केही होइन,’ प्रचण्डले भने, ‘हिजो जे सम्झौता भएको थियो, त्यो सम्झौता अनुसार ऐन बनाइदेउ भनेको मात्रै हो । तर, त्यसमा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि के हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपराधीले घेराबन्दी गरे, गति छाडें भने हाइहाइ भइन्छ : प्रधानमन्त्री
अपराधीले घेराबन्दी गरे, गति छाडें भने हाइहाइ भइन्छ : प्रधानमन्त्री
राजदूत फिर्ता प्रकरण : प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता
राजदूत फिर्ता प्रकरण : प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता
रास्वपा नेता यज्ञमणिको सुझाव : सभापति र महामन्त्रीको पदपूर्ति गरौं
रास्वपा नेता यज्ञमणिको सुझाव : सभापति र महामन्त्रीको पदपूर्ति गरौं
भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
मुगुमा भूकम्पको धक्का
मुगुमा भूकम्पको धक्का
मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन
मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
२१५ कम्पनीको मूल्य घट्यो, कारोबार पौने ६ अर्ब
२१५ कम्पनीको मूल्य घट्यो, कारोबार पौने ६ अर्ब
७२२ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२२ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ