७२२ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
सारांश
- बाँकेबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला बहराइज काजीपुरवाका २१ वर्षीय अल्बक्स खाँ रहेका छन्।
- खाँलाई नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाह पुरानो इँटाभट्टाबाट सोमबार साँझ पक्राउ गरिएको बाँके प्रहरीका प्रहरी निरीक्षक हिमराज विकले बताए।

१४ फागुन, काठमाडौं । बाँकेबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला बहराइज काजीपुरवाका २१ वर्षीय अल्बक्स खाँ रहेका छन्। खाँलाई नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाह पुरानो इँटाभट्टाबाट सोमबार साँझ पक्राउ गरिएको बाँके प्रहरीका प्रहरी निरीक्षक हिमराज विकले बताए।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं र इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले भारतबाट नेपाल छिरेका खाँलाई पक्राउ गरेको विकले बताए। खाँको साथबाट प्रहरी ७२२.६३ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ। नेपालमा भारतबाट ब्राउन सुगर तस्करी हुँदै आएको छ। यी भरियाले उक्त ब्राउन सुगर कहाँ लैजाँदै थिए भन्नेबारे अनुसन्धान भइरहेको छ।ब्राउन सुगर महंगो मूल्यमा बिक्री हुने गरेको छ। ठाउँअनुसार यसको मूल्य प्रतिग्राम पाँच हजारदेखि सात-आठ हजार रुपैयाँसम्म पर्ने गरेको छ।

प्रतिक्रिया