कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ

सारांश

  • कैलालीमा लागुऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान समेतका ६ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले लागुऔषध खैरो हेरोइनसहित गोदावरी नगरपालिका-९ घर भएका प्रहरी जवान चिरञ्जीवी बिसीलाई पक्राउ गरिएको जानकारी दिए ।

२८ जेठ, धनगढी ।

कैलालीमा लागुऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान समेतका ६ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले लागुऔषध खैरो हेरोइनसहित गोदावरी नगरपालिका-९ घर भएका प्रहरी जवान चिरञ्जीवी बिसीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनको साथबाट ३८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । यस्तै गोदावरी नगरपालिका-५ को गेटाबाट २० वर्षीय कमल रिजाललाई पनि पक्राउ गरिएको छ । उनको साथबाट पाँच ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । रिजाललाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी सिंहले बताए । मंगलबार नै घोडाघोडी नगरपालिकाको सुखडबाट लागुऔषधसहित थप पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएराति करिब साढे १० बजेको समयमा विशेष सूचनाका आधारमा घोडाघोडी नगरपालिका-१ को सुखडबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा घोडाघोडी-१ कै लक्ष्मीपुर बस्ने २० वर्षीय उमेश नाथ योगी, १९ वर्षीय विनोद मिजार, १९ वर्षकै दिनेशबहादुर बिष्ट र दुई जना १८ वर्षीय किशोर रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) सिंहले बताए । उनकाअनुुसार उनीहरुको शरीर खानतलासी गर्दा २१ ग्राम ८२० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त
रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त
एनपीएलमा शिखर धवनको अर्धशतक
एनपीएलमा शिखर धवनको अर्धशतक
भिषण वर्षाले लम्जुङको कारागार भत्कियो
भिषण वर्षाले लम्जुङको कारागार भत्कियो
घनश्याम पक्षीय नेताहरूले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन
घनश्याम पक्षीय नेताहरूले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन
भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा रास्वपा र राप्रद्वारा संसद बैठक बहिष्कार
भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा रास्वपा र राप्रद्वारा संसद बैठक बहिष्कार
स्वास्थ्यको समान पहुँच पुर्‍याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा
स्वास्थ्यको समान पहुँच पुर्‍याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा
भारतको एक अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
भारतको एक अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
सिन्धसपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी
सिन्धसपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी
पदबहाली गर्दै सोविता गौतमले भनिन् : सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं
पदबहाली गर्दै सोविता गौतमले भनिन् : सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं
२७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३ गतेदेखि हुने
२७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३ गतेदेखि हुने