जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण : तीन जनाको मृत्यु, चार घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ८, २०८१
|
|
६९ पटक हेरिएको
Shares
जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण : तीन जनाको मृत्यु, चार घाइते

सारांश

  •  पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ  ।
  • प्रहरीले सन्दिग्ध आक्रमणकारीको खोजी जारी राखेको बताएको छ ।
  • “अहिलेसम्म आतङ्ककारीबारे कुनै विस्तृत विवरण छैन, प्रहरीले फोटो र भिडियोसहित अनलाइन पोर्टलमार्फत शुक्रबार राती भएको आक्रमणको जानकारी खोजिरहेको छ”,डुसेलडोर्फ सहरका एक प्रहरी प्रवक्ताले बताउनुभयो ।

८ भदौ , सोलिनजेन (जर्मनी), । पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ  ।प्रहरीले सन्दिग्ध आक्रमणकारीको खोजी जारी राखेको बताएको छ । “अहिलेसम्म आतङ्ककारीबारे कुनै विस्तृत विवरण छैन, प्रहरीले फोटो र भिडियोसहित अनलाइन पोर्टलमार्फत शुक्रबार राती भएको आक्रमणको जानकारी खोजिरहेको छ”,डुसेलडोर्फ सहरका एक प्रहरी प्रवक्ताले बताउनुभयो । आक्रमणको लगत्तै विशेष प्रहरी बलको टोली हेलिकप्टरसहित घटनास्थलमा पुगेको थियो । आक्रमणकारीले “मानिसहरूलाई अन्धाधुन्ध छुरा प्रहार गरेको” बिल्ड दैनिकले जनाएको छ । सोलिनजेन सहरको ६५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित महोत्सवमा यो आक्रमण भएको हो । सोलिनजेनका मेयर टिम–ओलिभर कुर्जबाचले घटनाबाट सम्पूर्ण सहर स्तब्ध भएको बताउनुभयो ।“हामी सबै मिलेर सहरको वार्षिकोत्सव मनाउन चाहन्थ्यौँ तर अहिले यस अप्रिय घटनामा मृत्यु हुनेप्रति शोक व्यक्त गरिरहेका छौ”, कुर्जबाचले भन्नुभयो । कुर्जबाचले घटनास्थलमा गरेको कामको लागि आपत्कालीन सेवालाई धन्यवाद दिनुभयो र आक्रमणको प्रत्यक्षदर्शीप्रति सहानुभूति प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
विहारका पूर्वमुख्यमन्त्री लालुप्रसादले आफ्ना छोरालाई गरे ६ वर्षको लागि पार्टीबाट निष्कासन
विहारका पूर्वमुख्यमन्त्री लालुप्रसादले आफ्ना छोरालाई गरे ६ वर्षको लागि पार्टीबाट निष्कासन
प्रहरीको ब्यारिकेडमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
प्रहरीको ब्यारिकेडमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
पोखरामा गण्डकी प्रदेशकै पहिलो केज फाइट हुँदै
पोखरामा गण्डकी प्रदेशकै पहिलो केज फाइट हुँदै
मन्त्रालयमै हुनेछ शिक्षामन्त्री महावीरको बास, मागे मन्त्रालयमै कोठा, आफैं पकाएर खाने
मन्त्रालयमै हुनेछ शिक्षामन्त्री महावीरको बास, मागे मन्त्रालयमै कोठा, आफैं पकाएर खाने
नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
तीनकुने घटना : प्रसाईंमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु
तीनकुने घटना : प्रसाईंमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु
बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने
बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
धनगढीकी उपमेयर राना कैलाली ५ बाट एमाले महाधिवेशन प्रतिनिधिमा पराजित
धनगढीकी उपमेयर राना कैलाली ५ बाट एमाले महाधिवेशन प्रतिनिधिमा पराजित