‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
२२ पटक हेरिएको
Shares
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’

सारांश

  • कलैया–८ स्थित खपरताता खानेपानी आयोजनाको सोमबार यहाँ उद्घाटन गर्दै उहाँले लामो समयदेखि पानीको समस्या भोगिरहेका यहाँका नागरिकले अब घरमा शुद्ध र स्वच्छ खानेपानी उपभोग गर्न पाउने बताउनुभयो ।
  • उहाँले भन्नुभयो, “हामीले खपरताता खानेपानी आयोजनाको विधिवत् रूपमा सेवा सञ्चालन गरेका छौँ ।
  • सेवा सञ्चालनपछि यहाँ रहेको खानेपानीसम्बन्धी समस्या समाप्त भएसँगै शुद्ध खानेपानी उपभोग गर्न पाउने छन् ।
कलैया (बारा), ३० वैशाखः खानेपानीमन्त्री प्रदीप यादवले खपरताता खानेपानी आयोजनाले बारास्थित कलैया उपमहानगरपालिका–८ का स्थानीयको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । कलैया–८ स्थित खपरताता खानेपानी आयोजनाको सोमबार यहाँ उद्घाटन गर्दै उहाँले लामो समयदेखि पानीको समस्या भोगिरहेका यहाँका नागरिकले अब घरमा शुद्ध र स्वच्छ खानेपानी उपभोग गर्न पाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले खपरताता खानेपानी आयोजनाको विधिवत् रूपमा सेवा सञ्चालन गरेका छौँ । सेवा सञ्चालनपछि यहाँ रहेको खानेपानीसम्बन्धी समस्या समाप्त भएसँगै शुद्ध खानेपानी उपभोग गर्न पाउने छन् ।” मन्त्री यादवले प्रत्येक नेपालीलाई शुद्ध र सुरक्षित खानेपानी प्रदान गर्नु सरकारको प्रमुख दायित्व भएकाले सोहीअनुसार अहिले मन्त्रालयले खानेपानीसम्बन्धी कामलाई तीव्र रूपमा अगाडि बढाइरहेको जानकारी दिनुभयो । नेपाल खानेपानी संस्थानले खपरताता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गरी सोमबारदेखि आयोजना सञ्चालनमा ल्याएको खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार खपरताता खानेपानी आयोजना विधिवत् रूपमा सञ्चालन गरिएसँगै यहाँका नागरिकहरूमा खुशीयाली छाएको छ ।
कार्यक्रममा जसपा कार्यकारिणी सदस्य प्रमोद गुप्ता, प्रदेशसभाका पूर्वसांसद पारस साह, जसपा बाराका जिल्ला अध्यक्ष अजय पटेल, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, सङ्घीय परिषद्का सदस्य असलम आलम, लालदेव यादव, कलैया–८ का वडाध्यक्ष रञ्जीत चौरसिया, नेकपा माओवादी केन्द्र कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साह, समाजवादी युवा सङ्घ बाराका जिल्ला अध्यक्ष सुजीत पाण्डेलगायत व्यक्तिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली
निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली
आइपिएलको मिति घोषणा, फाइनल खेल २५ मेमा
आइपिएलको मिति घोषणा, फाइनल खेल २५ मेमा
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य
भारतीय वायुसेनाको विमान दु*र्घटना
भारतीय वायुसेनाको विमान दु*र्घटना
हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं
हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं
आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्दैछौं: अर्थमन्त्री
आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्दैछौं: अर्थमन्त्री
राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति
राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ