बिर्तामोडका पूर्वमेयर शिवाकोटी र डाक्नेश्वरी-१ का वडाध्यक्ष साह जेल चलान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २३, २०८१
|
|
६३ पटक हेरिएको
Shares
बिर्तामोडका पूर्वमेयर शिवाकोटी र डाक्नेश्वरी-१ का वडाध्यक्ष साह जेल चलान

सारांश

  • फरक-फरक अभियोगमा सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष धीरेन्द्र साह र झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी जेल चलान भएका छन् ।
  • ज्यान मुद्दामा सोमबार सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले वडाध्यक्ष साहसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो।
  • यता नावालीग वलात्कारको मुद्दामा मंसिर २४ मा पक्राउ परेका शिवाकोटी हिजोबाट जेल चलान भएका हुन् ।

काठमाडौं । फरक-फरक अभियोगमा सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष धीरेन्द्र साह र झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी जेल चलान भएका छन् । ज्यान मुद्दामा सोमबार सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले वडाध्यक्ष साहसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो।

यता नावालीग वलात्कारको मुद्दामा मंसिर २४ मा पक्राउ परेका शिवाकोटी हिजोबाट जेल चलान भएका हुन् । झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन सोमबार आदेश दिएको हो । अध्यक्षसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता गरेको सम्बन्धी दुईवटा मुद्दा दर्ता भएको छ । मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा जसपा नेपालबाट निर्वाचित भएका साह शपथग्रहरण समारोहबाटै गत मंसिर २० गते पक्राउ परेका थिए ।

०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित मेयर शिवाकोटी मंसिर २४ मा पक्राउ परेका थिए । यसअघि अदालतले उनलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । यद्यपि उनी २५ दिननै अस्पतालमा भनाए भएर बसेका थिए । शिवाकोटीमाथि आफ्नै घरमा काम गर्न बसेकी किशोरीलाई बलात्कार गरेको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत
राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत
सेवाग्राहीलाई हैरानी दिएपछि अध्यक्षले गरे जिल्ला प्रशासन कार्यालयमा तोडफोड
सेवाग्राहीलाई हैरानी दिएपछि अध्यक्षले गरे जिल्ला प्रशासन कार्यालयमा तोडफोड
सरकारलाई प्रभु साहको प्रश्न : के को आधारमा नागरिकले कर तिर्ने ?
सरकारलाई प्रभु साहको प्रश्न : के को आधारमा नागरिकले कर तिर्ने ?
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो
घोषको त्यो पहिरो जसले लियो एउटै घरमा ६ जनाको ज्यान
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त
एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै