जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ४, २०८२
|
|
५२ पटक हेरिएको
Shares
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट

सारांश

  •   अघिल्लो निर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टीबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्रीसमेत बनेका सतिश कुमार सिंह आगामी निर्वाचनमा एमालेबाट उम्मेदवार बन्ने टुंगो लागेको छ।
  • एमालेले सिंहलाई सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउने निर्णय शनिबारको सचिवालय बैठकबाट गरेको हो।
  •   सिंह पछिल्लो समय जनमतका अध्यक्ष राउतसँग रुष्ट थिए।

४ माघ, काठमाडौं । 

अघिल्लो निर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टीबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्रीसमेत बनेका सतिश कुमार सिंह आगामी निर्वाचनमा एमालेबाट उम्मेदवार बन्ने टुंगो लागेको छ। एमालेले सिंहलाई सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउने निर्णय शनिबारको सचिवालय बैठकबाट गरेको हो।  सिंह पछिल्लो समय जनमतका अध्यक्ष राउतसँग रुष्ट थिए। मुख्यमन्त्री छाडेलगत्तै उनले जनमत पार्टीसमेत परित्याग गरिसकेका छन्।

०७९ को निर्वाचनमा राउत सप्तरी क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ बाट  निर्वाचित भएका थिए। उनै राउतलाई एमालेले यसपटक संघीय सांसद बनाउनेगरि आफ्नो पार्टीबाट उम्मेदवार बनाएको हो।  त्यतिबेला प्रदेशसभा सदस्यमा सिंह १६ हजार ७ सय ३४ मत प्राप्त गरेर विजयी हुँदा जसपाका शैलेन्द्रप्रसाद साहले ८ हजार २ सय ९२ मत प्राप्त गरेका थिए। ०७९ मा सप्तरी २ बाट जनमतका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।  जसपाका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै त्यतिबेला राउत सांसदमा विजयी भएका थिए। एमालेले सप्तरी २ बाट आगामी निर्वाचनमा सीके राउतलाई पराजित गर्नेगरि सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। तर, राउत कहाँबाट उम्मेदवार बन्छन् टुंगो लागिसकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमल थापालाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगियो, म्याद थपको तयारी ?
कमल थापालाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगियो, म्याद थपको तयारी ?
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला
महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला
सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास
महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास
सभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
सभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
नाइमाद्वारा अटोमोबाइल क्षेत्र सुधारका लागि अर्थमन्त्रीलाई नीतिगत सुझाव पेश
नाइमाद्वारा अटोमोबाइल क्षेत्र सुधारका लागि अर्थमन्त्रीलाई नीतिगत सुझाव पेश
स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एक हुनुपर्छ : प्रचण्ड
स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एक हुनुपर्छ : प्रचण्ड