जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जान नपर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १८, २०८३
|
|
२८० पटक हेरिएको
Shares
जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जान नपर्ने

सारांश

  • सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई अनलाइन प्रणालीबाट सुरु गरेको छ ।
  •  भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने क्रममा नयाँ प्रणाली सुरु गरेको हो ।
  •  भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकीको कामलाई अनिवार्य अनलाइन गर्न निर्देशन दिएको हो ।

१८ बैशाख, काठमाडौं ।

सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई अनलाइन प्रणालीबाट सुरु गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने क्रममा नयाँ प्रणाली सुरु गरेको हो । भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकीको कामलाई अनिवार्य अनलाइन गर्न निर्देशन दिएको हो । यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएपछि ऋण लिन वा चुक्ता गरेपछि जग्गा रोक्का र फुकुवा गर्न सेवाग्राही आफैँ मालपोत धाउनुपर्ने र बिचौलियालाई अतिरिक्त रकम बुझाउनुपर्ने बाध्यताको अन्त्य हुने अभिलेख विभागले दाबी गरेको छ ।

भूमि प्रशासन निर्देशिका, २०८१ को दफा ३९२ को उपदफा (४) बमोजिम बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी कार्यलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरिएको छ । यसअनुसार तोकिएका बैंक तथा वित्तीय संस्थाले मिति २०८३ साल वैशाख २१ गतेदेखि र अन्य क, ख, ग तथा घ वर्गका बैंक तथा वित्तीय संस्थाबाट मिति २०८३ साल जेठ १ गतेदेखि उक्त सेवा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने भएका छन् ।

हालसम्म अनलाइन प्रणाली सञ्चालनका लागि अनुमति नलिएका र सम्झौता नगरेका अन्य बैंक तथा वित्तीय संस्थाहरूका हकमा आगामी १ जेठदेखि यो व्यवस्था अनिवार्य गर्न भनिएको छ । विभागले ती संस्थाहरूलाई १ जेठ अगावै अनुमति पत्र लिई आवश्यक तयारी गर्न आग्रहसमेत गरेको छ । यस कार्यले मालपोत कार्यालयहरुमा हाल रहेको सेवा चाप ६० प्रतिशतले कम हुने आकलन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशमा बिधुत् निर्यात आजबाट सुरू, १ अर्ब २९ करोड आम्दानी हुने
बंगलादेशमा बिधुत् निर्यात आजबाट सुरू, १ अर्ब २९ करोड आम्दानी हुने
दुई आयोजनालाई राष्ट्रिय गौरवबाट हटाउन सिफारिस
दुई आयोजनालाई राष्ट्रिय गौरवबाट हटाउन सिफारिस
प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय
प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय
मतदाता नामावली अद्यावधिक सकियो, ८.३७ लाख नयाँ मतदाता थप
मतदाता नामावली अद्यावधिक सकियो, ८.३७ लाख नयाँ मतदाता थप
टर्कीमा प्रशिक्षण विमान दुर्घटनाः दुई पाइलटको मृत्यु
टर्कीमा प्रशिक्षण विमान दुर्घटनाः दुई पाइलटको मृत्यु
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
सभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
सभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
सेना- प्रहरीको संयुक्त हुलदंगा र आगलागी नियन्त्रण अभ्यास
सेना- प्रहरीको संयुक्त हुलदंगा र आगलागी नियन्त्रण अभ्यास
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ
सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ