आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २१, २०८१
|
|
४४ पटक हेरिएको
Shares
आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी

सारांश

  • सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ दिने तयारी गरेको छ ।
  • आगलागीमा परेर पूर्णरूपमा आवासमा क्षति भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ ।
  • गृह मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलोबाट पीडित भएका नागरिकको तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने सरकारी नीति छ ।

२१ वैशाख, काठमाडौं । सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ दिने तयारी गरेको छ ।

आगलागीमा परेर पूर्णरूपमा आवासमा क्षति भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलोबाट पीडित भएका नागरिकको तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने सरकारी नीति छ । अहिले पनि कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले विवरण संकलन गरेर पीडित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने कार्य गरिरहेका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को बैठकमा गृहसचिव अर्यालले जानकारी दिएका हुन् । साथै अस्थायी आवासका लागि ५० हजार दिने गरी कार्यविधि निर्माणको काम चलिरहेको बताए । ‘अस्थायी बासस्थानका लागि कार्यविधि र नियमावली संशोधन गरेर ५० हजार दिने भन्ने विषय मन्त्रिपरिषद्‌मा छलफल भइराखेको छ । हामी कार्यविधिलाई संशोधन गरेर अगाडि बढेका छौं’ गृहसचिव अर्यालले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्खेतमा श्रीमानले गरे आफ्नै श्रीमतीको ह*त्या
सुर्खेतमा श्रीमानले गरे आफ्नै श्रीमतीको ह*त्या
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
श्रष्टा हक, अधिकारका लागि सरकार र संस्थाहरुबीच सहकार्य जरुरी
श्रष्टा हक, अधिकारका लागि सरकार र संस्थाहरुबीच सहकार्य जरुरी
मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु
निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
मधेशमा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
मधेशमा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : शेखर कोइराला
आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : शेखर कोइराला
धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग
धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग