माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ८, २०८०
|
|
६२ पटक हेरिएको
Shares
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा

सारांश

  • नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
  • सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ ।

८ असोज, काठमाडौं । नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हरायो । खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । डिबक्स भन्दा निकै टाढाबाट प्रशान्तले प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

समिर तामाङले ३० औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाएका थिए । दोस्रो हाफमा ५८ औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर खेल सकिन दुई मिनेट बाँकी छदाँ निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्याएका थिए । दोस्रो हाफको इन्जुरी समयमा निराजन धामीले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बार निर्वाचनः मतगणना सोमबारदेखि
बार निर्वाचनः मतगणना सोमबारदेखि
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
स्वर्णलक्ष्मी सहकारी प्रकरणबारेको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि लामिछाने
स्वर्णलक्ष्मी सहकारी प्रकरणबारेको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि लामिछाने
नेपालले १७८ रन बनाउँदा भारतविरुद्धको खेल वर्षाले अवरुद्ध
नेपालले १७८ रन बनाउँदा भारतविरुद्धको खेल वर्षाले अवरुद्ध
भियतनाममा तीन दशकपछिको शक्तिशाली तुफान ६० जनाको मृत्यु, १५ लाख प्रभावित
भियतनाममा तीन दशकपछिको शक्तिशाली तुफान ६० जनाको मृत्यु, १५ लाख प्रभावित
प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला
प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित
विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित
साउनमा भित्रियो पौने २ खर्ब रेमिट्यान्स
साउनमा भित्रियो पौने २ खर्ब रेमिट्यान्स
राष्ट्रियसभा बैठक  बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची