गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
२३ पटक हेरिएको
Shares
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो

सारांश

  • दिल्लीमा निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार बिहान सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइएको छ ।
  • विमानस्थलमा दार्जिलिङका भाजपाका सांसद राजु बिष्टसहित मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दिवंगत तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
  • गोर्खा शहीद सेवा समितिका राष्ट्रिय अध्यक्ष एन्ड्र्यु गुरुङका अनुसार तामाङको पार्थिव शरीर विमानस्थलबाट दार्जिलिङ लगिनेछ ।

२८ पुस, काठमाडौं ।

दिल्लीमा निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार बिहान सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइएको छ । विमानस्थलमा दार्जिलिङका भाजपाका सांसद राजु बिष्टसहित मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दिवंगत तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । गोर्खा शहीद सेवा समितिका राष्ट्रिय अध्यक्ष एन्ड्र्यु गुरुङका अनुसार तामाङको पार्थिव शरीर विमानस्थलबाट दार्जिलिङ लगिनेछ । त्यहाँ चौरास्ता, दार्जिलिङमा सर्वसाधारण र प्रशंसकहरूका लागि अन्तिम दर्शनको व्यवस्था गरिनेछ । त्यसपछि परिवारजन र स्थानीय बासिन्दाको उपस्थितिमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।

सांसद राजु बिष्टले तामाङको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भने, ‘प्रशान्त तामाङको योगदान अतुलनीय छ । उनले आफ्नो गायन र कलाकारितामार्फत सम्पूर्ण गोरखा समुदायलाई एकताबद्ध गरे । यो हाम्रो लागि ठूलो क्षति हो, कठिन घडीमा हामी उनको परिवारसँगै छौँ ।’ दार्जिलिङका स्थायी बासिन्दा तामाङको आइतबार दिल्लीस्थित निवासमै निधन भएको थियो । यस विषयमा दक्षिण–पश्चिम दिल्लीका एडीसीपी अभिमन्यु पोस्वालले जानकारी दिँदै भने, ‘आइतबार दिउँसो ३ः१० बजे माता चनन देवी अस्पतालबाट एमएलसी प्राप्त भएको थियो । अस्पतालमा प्रशान्त तामाङलाई ‘ब्रोउट डेड’ घोषणा गरिएको थियो । घटनास्थलमा अपराध अनुसन्धान टोली र एफएसएल टोलीले प्रमाण संकलन गरेको छ । मृत्युको कारण पुष्टि गर्न पोस्टमार्टमका लागि शव डीडीयू अस्पताल पठाइएको थियो ।’

उनका अनुसार, पोस्टमार्टम रिपोर्ट नआएसम्म कुनै पनि शंकास्पद कारणबारे निष्कर्ष निकाल्न कठिन रहेको छ । तामाङसँगै उनकी पत्नी र छोरी बस्दै आएका थिए र पत्नीले नै उनलाई अस्पताल पु¥याएकी थिइन् । यसैबीच, तामाङकी पत्नी मार्था एली तामाङले निधनप्रति आएका शुभेच्छा र समवेदनाप्रति आभार व्यक्त गर्दै मृत्यु प्राकृतिक भएको स्पष्ट पारेकी छन् । ‘कुनै पनि शंकास्पद अवस्था थिएन । उनी सुतिरहेकै अवस्थामा हामीबाट बिदा भए । म त्यही बेला उनको छेउमै थिए’, उनले भनिन् । इन्डियन आइडल सिजन–३ का विजेता तामाङले संगीतमा उल्लेखनीय सफलता हासिल गर्नुका साथै अभिनय क्षेत्रमा पनि आफ्नो पहिचान बनाएका थिए । उनी ‘पाताल लोक सिजन २’मा देखिएका थिए भने सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’मा पनि देखिने अपेक्षा गरिएको थियो । उनको निधनले संगीत तथा मनोरञ्जन जगत मात्र होइन, समग्र गोरखा समुदायलाई शोकमा डुबाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
एमालेमा केन्द्रीय कमिटी बैठक सार्नेबारे छलफल
एमालेमा केन्द्रीय कमिटी बैठक सार्नेबारे छलफल
पत्रकार जनार्जन खत्रीलाई सीआईएन पत्रकारिता पुरस्कार
पत्रकार जनार्जन खत्रीलाई सीआईएन पत्रकारिता पुरस्कार
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
विपन्न बालबालिकालाई पोषण तथा शैक्षिक सामग्री सहयोग
विपन्न बालबालिकालाई पोषण तथा शैक्षिक सामग्री सहयोग
देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव
देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव
राजधानीमा  डाक्टरमाथि हातपातको आरोपमा दुई जना पक्राउ
राजधानीमा डाक्टरमाथि हातपातको आरोपमा दुई जना पक्राउ
गर्मी बढेपछि सल्यानका दुई पालिकाले गरे विद्यालय बन्द
गर्मी बढेपछि सल्यानका दुई पालिकाले गरे विद्यालय बन्द
मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी
मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी
ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर