देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२५ पटक हेरिएको
Shares
देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति

सारांश

  • भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका २१ वटा मालपोत कार्यालयमा आंशिक तथा पूर्णरूपमा क्षति भएको जनाएको छ।
  • मालपोत कार्यालय कलंकी, धनगढी, कास्की (पोखरा), दाङ घोराही, दाङ तुलसीपुर, भरतपुर, चितवन, नेपालगञ्ज (बाँके), विराटनगर (मोरङ), डडेल्धुरा र बुटवलका मालपोत कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको विभागले जनाएको छ।
  • ती कार्यालयका अभिलेखसमेत नष्ट भएको विभागका प्रवक्ता खिमानन्द आचार्यले बताए।

२३ असोज, काठमाडौँ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका २१ वटा मालपोत कार्यालयमा आंशिक तथा पूर्णरूपमा क्षति भएको जनाएको छ।मालपोत कार्यालय कलंकी, धनगढी, कास्की (पोखरा), दाङ घोराही, दाङ तुलसीपुर, भरतपुर, चितवन, नेपालगञ्ज (बाँके), विराटनगर (मोरङ), डडेल्धुरा र बुटवलका मालपोत कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको विभागले जनाएको छ।

ती कार्यालयका अभिलेखसमेत नष्ट भएको विभागका प्रवक्ता खिमानन्द आचार्यले बताए। ‘देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति भएको छ। कलंकी, धनगढीलगायतका कार्यालयमा ठूलो क्षति भएको छ,’ उनले भने, ‘अन्य कार्यालयमा भौतिक संरचनामात्रै क्षति भएको छ, कागजातहरू भने सुरक्षित छन्। तथ्याङ्क संकलन भइरहेको छ।’ कागजातसहित भौतिक संरचना समेत ध्वस्त भएका कार्यालयहरूले सूचना जारी गर्दै काम सुरु गरिसकेको प्रवक्ता आचार्यले जानकारी दिए।
‘वडा, गाउँपालिका, नगरपालिका कार्यालयहरू जलेका ठाउँमा केही कठिनाइ हुन्छ। तर सबै ठाउँमा अनलाइन प्रणाली छ। इन्ट्री भएको छैन कि भन्ने कुरा मात्र हो,’ उनले भने, ‘पुर्जा भएका ठाउँमा त्यही हेरेर पनि काम गर्न सकिन्छ।’

उनका अनुसार फिल्डमा गएर वा सिमाना साक्षीहरू (साँध–सिमाना देखाउनेहरू) सँग सोधेर पनि काम गर्न सकिन्छ। साथै, विभिन्न प्रयोजनका लागि सहकारी वा बैंकहरूमा बुझाइएको हुन सक्ने कागजातहरूको फोटोकपीबाट प्रमाण जुटाउन सकिने उनले बताए। मालपोत कार्यालय, कलंकीले भदौ २३ र २४ मा ‘जेनजी’ ले गरेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कार्यालय भवन र अभिलेखहरू जलेर नष्ट भएका कारण सेवा प्रवाह बन्द भएको र स्रेस्ता पुनः निर्माणका लागि मंगलबार सूचना जारी गरेको छ। सूचनामा भनिएको छ, ‘सेवा प्रवाह पुनः सुचारु गर्न नष्ट भएका जग्गाधनी दर्ता स्रेस्ता तयार गर्न जग्गाधनी स्वयं उपस्थित भई भूमि प्रशासन निर्देशिका, २०८१ को दफा २१ अनुसार देहायका कागज–प्रमाणसहित निवेदन पेस गर्नुपर्नेछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसजेवीएनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
एसजेवीएनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
पोखरामा निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु
पोखरामा निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु
वीरगन्जको भकुवा नाकाबाट ८१ हजार पिस बढी लागूऔषध बरामद
वीरगन्जको भकुवा नाकाबाट ८१ हजार पिस बढी लागूऔषध बरामद
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
मोटरसाइकल दुर्घटनामा बाबुको मृ*त्यु, छोरा घाइते
मोटरसाइकल दुर्घटनामा बाबुको मृ*त्यु, छोरा घाइते
खापुङ, अर्याल र थापालाई भविष्यमा सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही गर्न सिफारिस
खापुङ, अर्याल र थापालाई भविष्यमा सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही गर्न सिफारिस
कञ्चनजंघा हिमाल आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृ*त्यु
कञ्चनजंघा हिमाल आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृ*त्यु
जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह
जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह
अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा
अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा