Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
१०८ पटक हेरिएको
Shares
देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति

सारांश

  • भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका २१ वटा मालपोत कार्यालयमा आंशिक तथा पूर्णरूपमा क्षति भएको जनाएको छ।
  • मालपोत कार्यालय कलंकी, धनगढी, कास्की (पोखरा), दाङ घोराही, दाङ तुलसीपुर, भरतपुर, चितवन, नेपालगञ्ज (बाँके), विराटनगर (मोरङ), डडेल्धुरा र बुटवलका मालपोत कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको विभागले जनाएको छ।
  • ती कार्यालयका अभिलेखसमेत नष्ट भएको विभागका प्रवक्ता खिमानन्द आचार्यले बताए।

२३ असोज, काठमाडौँ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका २१ वटा मालपोत कार्यालयमा आंशिक तथा पूर्णरूपमा क्षति भएको जनाएको छ।मालपोत कार्यालय कलंकी, धनगढी, कास्की (पोखरा), दाङ घोराही, दाङ तुलसीपुर, भरतपुर, चितवन, नेपालगञ्ज (बाँके), विराटनगर (मोरङ), डडेल्धुरा र बुटवलका मालपोत कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको विभागले जनाएको छ।

ती कार्यालयका अभिलेखसमेत नष्ट भएको विभागका प्रवक्ता खिमानन्द आचार्यले बताए। ‘देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति भएको छ। कलंकी, धनगढीलगायतका कार्यालयमा ठूलो क्षति भएको छ,’ उनले भने, ‘अन्य कार्यालयमा भौतिक संरचनामात्रै क्षति भएको छ, कागजातहरू भने सुरक्षित छन्। तथ्याङ्क संकलन भइरहेको छ।’ कागजातसहित भौतिक संरचना समेत ध्वस्त भएका कार्यालयहरूले सूचना जारी गर्दै काम सुरु गरिसकेको प्रवक्ता आचार्यले जानकारी दिए।
‘वडा, गाउँपालिका, नगरपालिका कार्यालयहरू जलेका ठाउँमा केही कठिनाइ हुन्छ। तर सबै ठाउँमा अनलाइन प्रणाली छ। इन्ट्री भएको छैन कि भन्ने कुरा मात्र हो,’ उनले भने, ‘पुर्जा भएका ठाउँमा त्यही हेरेर पनि काम गर्न सकिन्छ।’

उनका अनुसार फिल्डमा गएर वा सिमाना साक्षीहरू (साँध–सिमाना देखाउनेहरू) सँग सोधेर पनि काम गर्न सकिन्छ। साथै, विभिन्न प्रयोजनका लागि सहकारी वा बैंकहरूमा बुझाइएको हुन सक्ने कागजातहरूको फोटोकपीबाट प्रमाण जुटाउन सकिने उनले बताए। मालपोत कार्यालय, कलंकीले भदौ २३ र २४ मा ‘जेनजी’ ले गरेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कार्यालय भवन र अभिलेखहरू जलेर नष्ट भएका कारण सेवा प्रवाह बन्द भएको र स्रेस्ता पुनः निर्माणका लागि मंगलबार सूचना जारी गरेको छ। सूचनामा भनिएको छ, ‘सेवा प्रवाह पुनः सुचारु गर्न नष्ट भएका जग्गाधनी दर्ता स्रेस्ता तयार गर्न जग्गाधनी स्वयं उपस्थित भई भूमि प्रशासन निर्देशिका, २०८१ को दफा २१ अनुसार देहायका कागज–प्रमाणसहित निवेदन पेस गर्नुपर्नेछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल
माओवादी सांसदले मागे प्रधानमन्त्रीको राजीनामा
माओवादी सांसदले मागे प्रधानमन्त्रीको राजीनामा
अब गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छः मन्त्री सुडी
अब गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छः मन्त्री सुडी
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी
सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
नेकपा एमालेको सचिवालय बैठक च्यासलमा सुरु
नेकपा एमालेको सचिवालय बैठक च्यासलमा सुरु
माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी
माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी
सुरक्षा नलिइ पोखरा पुगे शिक्षामन्त्री पुन, ट्याक्सी चढेर पुगे घर
सुरक्षा नलिइ पोखरा पुगे शिक्षामन्त्री पुन, ट्याक्सी चढेर पुगे घर