यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
७१ पटक हेरिएको
Shares
यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै

सारांश

  • दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन गर्दै यातायात व्यवस्था कार्यालय कलैयाको प्रमुख अविन्दर दासले बताएका छन्।
  • दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा सँचालन गरेकोले पारदर्शी हुने बिश्वास लिएको समेत कार्यालय प्रमुख दासले जानकारी दिएका छन्।
  • कार्यालय प्रमुख दासको अनुसार बिगतमा एक हप्ता वा दुई हप्तामा सवारी चालक अनुमतिपत्रको लिखित सँचालन गर्दा परीक्षार्थीहरुको सँख्या धेरै हुने गरेको थियो।

अमरेश कुमार पाण्डे

१९ फागुन, बारा । दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन गर्दै यातायात व्यवस्था कार्यालय कलैयाको प्रमुख अविन्दर दासले बताएका छन्। दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा सँचालन गरेकोले पारदर्शी हुने बिश्वास लिएको समेत कार्यालय प्रमुख दासले जानकारी दिएका छन्।

कार्यालय प्रमुख दासको अनुसार बिगतमा एक हप्ता वा दुई हप्तामा सवारी चालक अनुमतिपत्रको लिखित सँचालन गर्दा परीक्षार्थीहरुको सँख्या धेरै हुने गरेको थियो। जसले गर्दा सवारी चालक अनुमतिपत्रको आवेदकहरुलाई कार्यालयमा तिन दिन आउनु पर्थ्यो ‌। आवेदकलाई पहिलो दिन बायोमेट्रिक गर्न आउनु पर्थ्यो। त्यसपछि लिखित र ट्रायलको सुचना जारी भएपछि दोस्रो दिन लिखित परीक्षा दिन र तेस्रो दिन ट्रायल परीक्षा दिन आउनु पर्थ्यो।

परीक्षार्थीहरु धेरै हुने भएकोले लिखित र ट्रायलको परीक्षा दिन धेरै समय लाग्ने भएकोले सेवाग्राहीहरुलाई आर्थिक भार सहित समय पनि लाग्ने गरेको थियो ‌। तर आफु यातायात व्यवस्था कार्यालय बारामा हाजिर भएदेखि नै सेवाग्राहीहरुको हितमा एकै दिन लिखित र ट्रायल परीक्षा सँचालन गरेको बताएका छन्।

सवारी चालक अनुमतिपत्रको लागि प्रायः गरी दैनिक रुपमा एकै दिन लिखित र ट्रायल परीक्षा सँचालन गर्दा परीक्षार्थीहरु सँख्या कम हुने गरेको सेवाग्राहीहरुलाई सजिलो तथा आर्थिक भार कम हुने गरेको छ। सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सजिलो भएको छ। साथै परीक्षार्थीहरु सँख्या पनि कम भएकोले पारदर्शी समेत भएको दाबी गरेका छन्।

साथै आफु यातायात व्यवस्था कार्यालय कलैयामा हाजिर भएको करिब डेढ महिनामा एकै दिन लिखित र ट्रायल परीक्षा सँचालन गरेकोले दुई करोड २४ लाख २२ हजार ९२१ राजश्व संकलन समेत भएको जानकारी दिएका छन्। चालु आर्थिक बर्षको सात महिनामा यातायात व्यवस्था कार्यालय कलैयाबाट राजश्व संकलन भएको जम्मा चार करोड ७९ हजार २५ हजार ४६८ रुपैँयामा उक्त रकम डेढ महिनामा नै सँकलन भएको कार्यलय प्रमुख दासले यस दैनिकलाई जानकारी गराएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु
तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै
तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
टप एन्ड टी–२० सिरिजमा नेपाल र होबार्ट हरिकेन्स भिड्दै
टप एन्ड टी–२० सिरिजमा नेपाल र होबार्ट हरिकेन्स भिड्दै
एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्राचार
एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्राचार
राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग
राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग
रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै
रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै
करिब २८६ किलो गाँजासहित दुई जना पक्राउ
करिब २८६ किलो गाँजासहित दुई जना पक्राउ
बुटवल पावर कम्पनीको एफपीओ निष्काशन प्रक्रिया रद्द
बुटवल पावर कम्पनीको एफपीओ निष्काशन प्रक्रिया रद्द
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा