क्यानडाविरुद्ध अनिल शाहले बनाए सर्वाधिक छिटो अर्धशतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ २७, २०८०
|
|
३३ पटक हेरिएको
Shares
क्यानडाविरुद्ध अनिल शाहले बनाए सर्वाधिक छिटो अर्धशतक

सारांश

  • दोस्रो एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् ।
  • उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाएका हुन् ।
  • अर्धशतक पूरा गरेलगत्तै उनी आउट भएका छन् ।

२७ माघ, काठमाडौं । दोस्रो एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् ।

उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाएका हुन् । अर्धशतक पूरा गरेलगत्तै उनी आउट भएका छन् ।उनले बनाएको अर्धशतक एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका खेलाडीमध्ये सर्वाधिक छिटो हो ।  यसअघि पपुवा न्युगिनीविरुद्ध सन् २०२३ मा कीर्तिपुर मैदानमा आसिफ सेखले २१ बलमा अर्धशतक बनाएका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । नेपालले ६.३ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ६४ रन बनाएको छ । नेपालले आसिफ सेखलाई १० रनमा गुमाएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?