युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु

सारांश

  • रुसमा यद्धका कारण मर्नेको सङ्ख्या बढिरहेको छ ।
  • युक्रेनमा अहिलेसम्म ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु भएको आफूले  विश्लेषण गरेको डेटानले देखाएको भन्दै बीबीसीले समाचार छापेको छ ।
  •  युद्ध भूमिमा मर्नेमा युद्ध सुरु भएयता सेनामा गएका स्वयंसेवक र सर्वसाधारणहरूको अनुपात बढ्दो छ ।

 

४ असोज, मस्को । रुसमा यद्धका कारण मर्नेको सङ्ख्या बढिरहेको छ ।युक्रेनमा अहिलेसम्म ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु भएको आफूले  विश्लेषण गरेको डेटानले देखाएको भन्दै बीबीसीले समाचार छापेको छ । युद्ध भूमिमा मर्नेमा युद्ध सुरु भएयता सेनामा गएका स्वयंसेवक र सर्वसाधारणहरूको अनुपात बढ्दो छ । हरेक दिन युक्रेनमा युद्ध लड्न गएर मारिनेहरूको अन्त्येष्टिको फोटो र अब्यूचरी सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा सार्वजनिक भइरहेका छन् । रसिया र स्वतन्त्र वेबसाइट मिडयाजोनाले यी नामका साथै सरकारी प्रतिवेदन समेत अन्य ओपन सोर्समा उल्लेख भएका नामहरूसमेत सङ्कलन गरेको थियो । यस क्रममा युक्रेनमा युद्ध लडिरहँदा ज्यान गुमाएका ७० हजार ११२ जना रुसी सेनाको पहिचान भएको बीबीसीले भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?