दिल्लीविरुद्ध नेपाली महिला क्रिकेट टिमको सान्त्वना जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
दिल्लीविरुद्ध नेपाली महिला क्रिकेट टिमको सान्त्वना जित

सारांश

  • आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपालले भारतमा भएको अभ्यास शृंखलामा सान्त्वना जित निकालेको छ ।
  •  मंगलबार दिल्लीमा आरपिसिए गर्ल्सविरुद्धको पाँचौं अभ्यास खेलमा नेपालले ४ रनको रोमाञ्चक जित निकालेको हो ।
  • यस जितसँगै नेपाली टोली अब थाइल्याण्ड प्रस्थान गर्ने तयारीमा छ, जहाँ एसिया छनोट प्रतियोगिता हुँदैछ ।

 

२३ वैशाख, भारत ।

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपालले भारतमा भएको अभ्यास शृंखलामा सान्त्वना जित निकालेको छ ।  मंगलबार दिल्लीमा आरपिसिए गर्ल्सविरुद्धको पाँचौं अभ्यास खेलमा नेपालले ४ रनको रोमाञ्चक जित निकालेको हो । यस जितसँगै नेपाली टोली अब थाइल्याण्ड प्रस्थान गर्ने तयारीमा छ, जहाँ एसिया छनोट प्रतियोगिता हुँदैछ । प्रतियोगिता ९ मेदेखि सुरु हुने तालिका छ ।

पाँचाैँ अभ्यास खेलमा पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन बनायो । नेपालका लागि राजमती ऐरीले सर्वाधिक २९ रन बनाइन् । यस्तै, रुबी पोदारले २० रनको योगदान दिइन् । कविता जोशी १९ रनमा अविजित रहिन् । जवाफमा आरपिसिए गर्ल्स निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो । उसका लागि नजमा खानले अविजित ४७ रन बनाइन् ।

नेपालका लागि कविता कुँवरले दबाबपूर्ण अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै केवल ६ रन खर्चिइन् । नेपाली टोलीले दिल्लीविरुद्धको तीन खेलमा पराजय बेहोरेको छ । नेपाल र दिल्लीबीचको एक खेल भने वर्षाले रद्द भयो । अन्तिम खेलमा देखाएको संघर्ष र संयोजनले नेपाली टोलीको आत्मविश्वास केही हदसम्म भए पनि बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?