नेप्से सीईओमा लुइँटेलको नियुक्ति आधा बाटोबाटै खारेज

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
३० पटक हेरिएको
Shares
नेप्से सीईओमा लुइँटेलको नियुक्ति आधा बाटोबाटै खारेज

सारांश

  • नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुइँटेललाई नियुक्त गर्ने मन्त्रिपरिषद् निर्णय आधा बाटोबाटै खारेज भएको छ ।
  • गत साता सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।
  • बैठकमा सहभागी मन्त्रीहरूले उनी नियुक्त भएको सूचना सञ्चारमाध्यमलाई दिएका थिए ।

१७ चैत, काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुइँटेललाई नियुक्त गर्ने मन्त्रिपरिषद् निर्णय आधा बाटोबाटै खारेज भएको छ । गत साता सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकमा सहभागी मन्त्रीहरूले उनी नियुक्त भएको सूचना सञ्चारमाध्यमलाई दिएका थिए ।

तर, नियुक्तिसँगै बधाइ खाएका लुइँटेलले अर्थ मन्त्रालयबाट अहिलेसम्म आधिकारिक जानकारी पाएका छैनन् । यसबारे आफूले अर्थ मन्त्रालयमा सोधपुछ गरे पनि अर्थले अहिलेसम्म आधिकारिक जानकारी नदिएको उनले बताए । तर, मुख्यसचिव एकनारायण अर्यालले भने बुधबार नेप्से सीईओ नियुक्त गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गर्दै नगरेको सञ्चारमाध्यमहरूलाई बताएका थिए । खासमा सोमबारको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओ नियुक्त गर्ने निर्णय गरे पनि त्यो निर्णय मुख्यसचिवबाट प्रमाणित नगरिएको स्रोतले  जानकारी दियो ।

‘लुइँटेलका नाममा विभिन्न सूचना आएपछि निर्णय प्रमाणित नभएको हो,’ अर्थ मन्त्रालय स्रोतले बतायो । उनीबारे आएका नयाँ सूचनाका आधारमा नियुक्ति दिन नहुने पक्षमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वयं देखिएपछि निर्णय प्रमाणित हुन नसकेको स्रोतले बतायो । सोमबारको मन्त्रिपरिषद् बैठकले ‘सर्ट लिस्ट’ मा परेकामध्ये अर्को व्यक्तिलाई सीईओ नियुक्त गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । लुइँटेल सहित चुडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्ट लिस्टमा परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
कैलालीबाट भरुवा बन्दुकसहित २ जना पक्राउ
कैलालीबाट भरुवा बन्दुकसहित २ जना पक्राउ
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
करिब हजार प्रहरीको बीचबाटै भागेका दुर्गा प्रसाईंले देश छाडिसके !
करिब हजार प्रहरीको बीचबाटै भागेका दुर्गा प्रसाईंले देश छाडिसके !
कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै
कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै
कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर
कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर