सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

नेप्से सीईओमा लुइँटेलको नियुक्ति आधा बाटोबाटै खारेज

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
३८ पटक हेरिएको
Shares
नेप्से सीईओमा लुइँटेलको नियुक्ति आधा बाटोबाटै खारेज

सारांश

  • नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुइँटेललाई नियुक्त गर्ने मन्त्रिपरिषद् निर्णय आधा बाटोबाटै खारेज भएको छ ।
  • गत साता सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।
  • बैठकमा सहभागी मन्त्रीहरूले उनी नियुक्त भएको सूचना सञ्चारमाध्यमलाई दिएका थिए ।

 

१७ चैत, काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुइँटेललाई नियुक्त गर्ने मन्त्रिपरिषद् निर्णय आधा बाटोबाटै खारेज भएको छ । गत साता सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकमा सहभागी मन्त्रीहरूले उनी नियुक्त भएको सूचना सञ्चारमाध्यमलाई दिएका थिए ।

तर, नियुक्तिसँगै बधाइ खाएका लुइँटेलले अर्थ मन्त्रालयबाट अहिलेसम्म आधिकारिक जानकारी पाएका छैनन् । यसबारे आफूले अर्थ मन्त्रालयमा सोधपुछ गरे पनि अर्थले अहिलेसम्म आधिकारिक जानकारी नदिएको उनले बताए । तर, मुख्यसचिव एकनारायण अर्यालले भने बुधबार नेप्से सीईओ नियुक्त गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गर्दै नगरेको सञ्चारमाध्यमहरूलाई बताएका थिए । खासमा सोमबारको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओ नियुक्त गर्ने निर्णय गरे पनि त्यो निर्णय मुख्यसचिवबाट प्रमाणित नगरिएको स्रोतले  जानकारी दियो ।

‘लुइँटेलका नाममा विभिन्न सूचना आएपछि निर्णय प्रमाणित नभएको हो,’ अर्थ मन्त्रालय स्रोतले बतायो । उनीबारे आएका नयाँ सूचनाका आधारमा नियुक्ति दिन नहुने पक्षमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वयं देखिएपछि निर्णय प्रमाणित हुन नसकेको स्रोतले बतायो । सोमबारको मन्त्रिपरिषद् बैठकले ‘सर्ट लिस्ट’ मा परेकामध्ये अर्को व्यक्तिलाई सीईओ नियुक्त गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । लुइँटेल सहित चुडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्ट लिस्टमा परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २१३ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २१३ जनालाई कारबाही
लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीले लिए शपथ
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा
बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज
बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज
राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित
राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित
युगान्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य
युगान्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य
बाराको सिमरा अझै अशान्त, आज पनि कर्फ्यु आदेश जारी
बाराको सिमरा अझै अशान्त, आज पनि कर्फ्यु आदेश जारी
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १७२ जनाको ज्यान गयो
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १७२ जनाको ज्यान गयो