साफ महिला च्याम्पियनसिप: श्रीलङ्कासँग भिड्दै नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
४४ पटक हेरिएको
Shares
साफ महिला च्याम्पियनसिप: श्रीलङ्कासँग भिड्दै नेपाल

सारांश

  • साफ महिला च्याम्पियनसिप अन्तर्गत आज समूह बी का दुई खेल हुँदै छन्।
  • आज पहिलो खेलमा मालदिभ्स र भुटान भिड्दै छन् भने दोस्रो खेलमा नेपाल र श्रीलङ्का खेल्ने तालिका रहेको छ।
  • त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेल अपराह्न साढे एक बजेदेखि सुरु हुने छ भने दोस्रो खेल साढे ५ बजेदेखि सुरु हुने छ।

८ कार्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज समूह बी का दुई खेल हुँदै छन्। आज पहिलो खेलमा मालदिभ्स र भुटान भिड्दै छन् भने दोस्रो खेलमा नेपाल र श्रीलङ्का खेल्ने तालिका रहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेल अपराह्न साढे एक बजेदेखि सुरु हुने छ भने दोस्रो खेल साढे ५ बजेदेखि सुरु हुने छ। समूह बी मा हाल नेपाल २ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने भुटान पनि ४ अङ्कसहित दोस्रो स्थानमा छ। त्यस्तै श्रीलङ्का २ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ। अहिलेसम्म तिनै देशको सेमिफाइनलको सम्भावना कायमै रहेको छ।

नेपालका लागि भने श्रीलङ्कासँग बराबरी खेले मात्र पनि सेमिफाइनलको यात्रा निश्चित हुने छ।त्यस्तै समूह बी को मालदिभ्स भने २ खेलमा दुवै खेल हारेर सेमिफाइनलको दौडबाट यसअघि नै बाहिरिएको छ। जारी प्रतियोगितामा समूह ए बाट बङ्गलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन् भने पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुग्यो
सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुग्यो
सिंहदरवारमा आगो लगाइदिने बालेनको चेतावनी। 
सिंहदरवारमा आगो लगाइदिने बालेनको चेतावनी। 
पाँंच वटा संसदीय समितिको बैठक बस्दै 
पाँंच वटा संसदीय समितिको बैठक बस्दै 
सभामुख देवराज घिमिरेको दसैं शुभकामना: ‘संविधानमै रहँदै समाधान खोज्नुपर्छ’
सभामुख देवराज घिमिरेको दसैं शुभकामना: ‘संविधानमै रहँदै समाधान खोज्नुपर्छ’
राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै
राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै
प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी
प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी
प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना
प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
यू-१९ महिला विश्‍वकप : स्कटल्यान्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै
यू-१९ महिला विश्‍वकप : स्कटल्यान्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै