प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २५, २०८३
|
|
६९ पटक हेरिएको
Shares
प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्दै

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय, निर्माण व्यवसायका व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्दै छन् ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बिहान साढे ११ बजे हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् ।
  • छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने कार्यक्रम रहेको छ ।

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय, निर्माण व्यवसायका व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बिहान साढे ११ बजे हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् ।

छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने कार्यक्रम रहेको छ । निर्माण क्षेत्रले लामो समयदेखि भुक्तानीमा ढिलाइ, ठेक्का व्यवस्थापन, लागत वृद्धिका कारण सिर्जित समस्या, कानुनी तथा नीतिगत जटिलता लगायतका विषय उठाउँदै आएको छ । आजको छलफलमा यिनै विषयमा सरकार र निर्माण व्यवसायीबीच प्रत्यक्ष संवाद हुने अपेक्षा गरिएको छ । छलफलबाट निर्माण क्षेत्रलाई सहज बनाउने नीतिगत सुधार, विकास आयोजनाको कार्यान्वयनमा देखिएका अवरोध हटाउने उपाय तथा सरकार–निजी क्षेत्रबीचको समन्वय सुदृढ गर्ने विषयमा समेत निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २०४६ साल पछिका सबै भ्रष्टाचार काण्डका फाइल खोलिनु पर्यो। 
राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २०४६ साल पछिका सबै भ्रष्टाचार काण्डका फाइल खोलिनु पर्यो। 
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
कश्मिर घटनाबारे मोदी- आतंककारीले कल्पना गरेभन्दा कडा सजाय हुन्छ
कश्मिर घटनाबारे मोदी- आतंककारीले कल्पना गरेभन्दा कडा सजाय हुन्छ
देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली
देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली
जनकपुरधाम–अयोध्या रेल्वे चाँडै सञ्चालन हुनेछ : मन्त्री दाहाल
जनकपुरधाम–अयोध्या रेल्वे चाँडै सञ्चालन हुनेछ : मन्त्री दाहाल
प्रधानमन्त्रीसँग ८७ सदस्यीय टोली चीन भ्रमणमा जाने
प्रधानमन्त्रीसँग ८७ सदस्यीय टोली चीन भ्रमणमा जाने
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल