संविधानलाई धेरै नचलाई चुनावको घोषणा गरिएको छ, तोकिएकै समयमा हुनुपर्छ: शेखर कोइराला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ४, २०८२
|
|
३३ पटक हेरिएको
Shares
संविधानलाई धेरै नचलाई चुनावको घोषणा गरिएको छ, तोकिएकै समयमा हुनुपर्छ: शेखर कोइराला

सारांश

  • नेपाली कांग्रेसका नेता डा.
  • शेखर कोइरालाले अब संविधानलाई ट्रयाकमा फर्काउनको लागि निर्वाचनको विकल्प नभएको बताएका छन्।
  • विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतिले संविधानलाई धेरै नचलाई निकास खोजेको बताए।

४ असोज, काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब संविधानलाई ट्रयाकमा फर्काउनको लागि निर्वाचनको विकल्प नभएको बताएका छन्। विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतिले संविधानलाई धेरै नचलाई निकास खोजेको बताए। उनले भने, ‘यस्तो बेलामा सबै कुरा संविधानसंम्वत हुँदैन। असंवैधानिक भएपनि भएको संविधानलाई धेरै नचलाई चुनावको घोषणा गरिएको छ। हामीले चुनाव हुन्छ भन्ने विश्वास लिनुपर्छ। फागुन २१ गतेभित्र चुनाव गर्नको लागि सरकारलाई भन्नुपर्छ।’

उनले सरकारले संविधानलाई टेकेर नै ६ महिनाभित्र चुनावको घोषणा गरेको बताए। यस्तै, उनले पार्टी पुनर्गठनबारे केन्द्रीय समिति बैठकले निर्णय गर्ने बताए। हिजोको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले विशेष या नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनुपर्ने प्रस्ताव राखेका थिए। त्यसबारे उनले भने, ‘कसले के बोल्नुभयो, कसो बोल्नुभयो सबै थाहा छ तर, केन्द्रीय समितिले निर्णय नगरी अहिले केही बोल्नसक्ने अवस्था छैन। कसले के भन्यो भन्ने कुरा होइन, नेपाली कांग्रेसले के बोल्छ भन्ने मुख्य कुरा हुनुपर्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री
निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री
चन्द्रनगरमा सामाजिक सुरक्षा कार्यविधि बनाउन समिति गठन
चन्द्रनगरमा सामाजिक सुरक्षा कार्यविधि बनाउन समिति गठन
राज्यव्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा
राज्यव्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा
रास्वपाले सकंलन गर्यो २४ लाख ५७ हजार हस्ताक्षर, साउन ५ देखि घरदैलो हस्ताक्षर अभियान
रास्वपाले सकंलन गर्यो २४ लाख ५७ हजार हस्ताक्षर, साउन ५ देखि घरदैलो हस्ताक्षर अभियान
संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच १३ बुँदे मागपत्र सहमती
संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच १३ बुँदे मागपत्र सहमती
आर्थिक अभावमा बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल
आर्थिक अभावमा बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल
गृहमन्त्रीको घोषणा : सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं
गृहमन्त्रीको घोषणा : सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं
हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता
हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
बाँके बस दुर्घटना: स्कुलले मृतकका आफन्तलाई साढे २१ लाख क्षतिपूर्ति दिने सहमति
बाँके बस दुर्घटना: स्कुलले मृतकका आफन्तलाई साढे २१ लाख क्षतिपूर्ति दिने सहमति